राजधानी / वादरको उपद्रो वढेपछि भोजपुर दलगाउँ स्थानिय गाउँ नै छाड्न वाध्य भएका छन् । रामप्रसादराई गाउँपालिका –४ अन्र्तगत पर्ने यस ठाउँका स्थानिय वाँदरको आतंक बढेपछि वसाईनै सर्न वाध्य भएका हुन् । वाँदरले वस्तीमा पसेर दुखः दिन थालेपछि गाँउका तल्लो भेगका करिव ८ देखि १० घर स्थानियले गाउँ नै छाडेका स्थानिय टेक वहादुर तामाङ्गले वताए ।
विगतका वर्षहरुमा कमै मात्रामा वाँदर लाग्ने गरेको भएपनि पछिल्लो समय तल्लो भेगका मानिसहरु अन्यत्र गएपछि गाउँभरिनै वाँदरको आतंक वढेको तामाङ्गको गुनासो छ । उनले भने‘तल्लो भेगका मानिस अन्यत्र गएपछि अहिले हामीलाई समेत समस्या भएको छ । परिवारका १ देखि २ जनाको दिन वाँदर हेर्दैमा दिन वित्ने गरेको छ ।’ यतिवेला वाँदर मकैको थाग्रा धानको कुनिउ, वगैंचाका फलफुलमा आउन थालेपछि स्थानिय समस्यामा परेका हुन् । स्थानियले स– साना ठहरा वनाएर अन्नवालीको हेरचाह गर्ने गरेका छन् । सरकारले वाँदरले मार्न नदिएपछि झर्नै समस्या भएको स्थानियको गुनासो छ ।
सोही ठाउँका स्थानिय तिर्थ वहादुर प्रधानले भने‘वाँदरको उपद्रो बढ्दो छ, एक घण्टा मात्र वालीमा पस्न पायो भने वर्ष भरि खाने अन्न छिन भरमै खाईदिन्छ, यसबाट यहाँको वस्ती नै आतंकित वनेको छ ।’ उनले वाँदर नियन्त्रण गर्न सरकारले सहयोग गर्नु पर्ने समेत वताए । ‘खोइ सरकारले वाँदर मार्नु हुन्न भन्ने कानुन लाएको छरे, यो उपद्रो हेर्दा सरकारले नै वाँदर नियन्त्रणमा पहल गर्नु पर्छ, प्रधानले भने।’
बाँदर आतंका कारण धेरै स्थानिय बसाई सरिसकेको यसरीनै स्थानिय बसाई सर्ने होभाने गाउँनै खाली हुने सम्भावना रहेकोले यस नियन्त्रणको लागि योजना वनाएर काम गर्ने वडा नम्वर ४ का अध्यक्ष फौदशिंह कार्कीले वताए । उनले भने‘ वाँदर आतंक वारे स्थानियले वडा कार्यालयमा पनि गुनासो गरिरहेका छन्, यसको समाधानको लागि गाँउपालिकासंग छलफल गरेर काम अगाडी वढाउछु ।’
वाँदरको कारण जिल्लाका वस्तीम तथा वोखिमको तल्लो भेगका मानिसहरुले पनि यस्तै सास्ती भोग्दै आएको वताएका छन् । वाँदरकै कारण वसाई सर्दा दिनानुदिन खेति योग्य जमिन वाँजिदै गएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved