ओखलढुंगा / विषालु च्याउ खाँदा ओखलढुंगामा ४ वर्षीया बालिका सहित अन्य ४ जना गम्भीर बिरामी भएका छन् । सुकाएर राखेको च्याउ खाँदा स्थानीय ग्यालु शेर्पाकी ४ वर्षीया छोरी निमायाङ्जी शेर्पा काे मृत्यू हुनका साथै परिवारका अन्य सदस्यहरू २८ वर्षीय ग्यालु शेर्पा, उनकी श्रीमती ३० वर्षीय लकी शेर्पा, छोरा ७ वर्षीय पासाङ शेर्पा भतिजी ७ वर्षीय पोसी शेर्पा गम्भीर बिरामी भएका हुन् ।
बर्खामास जंगलबाट ल्याएकाे च्याउ सुकाएर रखेकाे र साे च्याउ शेर्पा परिवारले पोलेर खाएका थिए । हाल बिरामीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved