सेलिब्रेटीका ड्रेसमा छैन धेरै चासो

  • प्रकाशित मितिः मंसिर १२, २०७५
  • 1561 पटक पढिएको
  • समय अनलाइन

 काठमाडौं – गत साता वैवाहिक जीवनमा बाँधिएकी बलिउड अभिनेत्री दीपिका पादुकोणले विवाहमा लगाएको रेड गोल्ड साडीले फेसन बजारमा राम्रो चर्चा पाएको छ। दुई फरक परम्परामा भएको विवाहमा उनले सभ्यासचीको डिजाइन र के राधारमणले तयार गरेको रातो साडी पहिरिएकी थिइन्।

दीपिकाको आमाले विवाहको लागि ‘कान्जिभरम अड्भाया साडी’ नाम दिइएको उक्त साडी बेङ्लोरमा सिल्क साडीको लागि चर्चित अङ्गडी ग्यालरिजले तयार पारेको थियो। यो डिजाइनको साडी केही साताभित्र नेपाल आउने अनुमान गरिए पनि साडीको माग एक्कासी बढेपछि यो साडी भारतमै अभाव भएको छ।

नेपालको तुलनामा भारतमा साडीको मूल्य कम हुने हुँदा एक्कासी अभाव भएको हुनसक्ने आँकलन नेपाली डिजाइनरहरूले गरेको छन्। अमेरिकामा फेसन व्यवसाय गरिरहेका नेपाली फेसन डिजाइनर प्रबल गुरुङको फेसन कलेक्सनले संसारभर ख्याति कमाइरहेको छ। गत समरमा उनले ‘रेडी टु वेयर’ शीर्षकमा तयार पारेका समर कलेक्सनहरूले विश्व बजारमा नयाँ चर्चा पाएको थियो। उनले तयार गरेका कलेक्सनमा हलिउड र बलिउड कलाकारहरू सजिने हुँदा उनको डिजाइनमा धेरैको चासो छ। उनले तयार गरेको केही कलेक्सनहरूमा नेपालीपन समेत झल्किन्छ।

नेपाली बजारमा अन्तर्राष्ट्रिय चर्चा पाएका डिजाइन कलेक्सनको मूल्य चर्को हुँदा डिजाइनर कलेक्सनमा सबैले पहुँच पुर्याउन सकेको छैन्। नेपाली डिजाइनरहरूले तयार पारेको कलेक्सनमा नेपाली सेलिब्रेटीहरू देखिने कुरा नौलो होइन्। डिजाइनर बिना घलेले फिल्म ‘रोमियो एन्ड मुना’ का लागि तयार गरेको केही पहिरनहरूले नेपाली बजारमा ‘नौलो’ भनी चर्चा पाए। ‘सेलिब्रेटीले लगाएका लुगाहरूले गर्दा डिजाइनरहरूको प्रमोसन हुन्छ। तर, सेलिब्रेटीले लगाएको लुगाको बजार भने उति नभएको डिजाइनहरूको अनुभव छ। उनीहरूले लगाएको पहिरन खोज्ने ग्राहकहरू थोरै मात्र रहेको डिजाइनर बताउँछन् । ‘हामी सेलिब्रेटीले लगाएका पहिरन ग्राहकको बजेट अनुसार तयार गर्छौ,’डिजाइनर बिना घलेले भनिन् ,‘डिजाइनर कलेक्सनमा मेहनत धेरै लाग्ने हुँदा केही महँगो हुन्छ। नेपाली फेसन बजारमा डिजाइनर कलेक्सन खोज्ने ग्राहकहरू पनि छन्।’ उनको कलेक्सनहरूमा अभिनेत्री नम्रता श्रेष्ठ र प्रियंका कार्कीलगायत देखिइसकेका छन्।

नेपाली कपडा बजारमा भारत र चीनको प्रभाव धेरै भएकाले अन्तर्राष्ट्रिय फेसनमा चर्चा पाएका डिजाइनहरू सस्तो मूल्यमा पाइन्छन्। त्यसैले डिजाइनर कलेक्सनको मूल्य महंगो हुँदा यो आम मानिसको पहुँचभन्दा बाहिर छ । नेपाली डिजाइनरहरूले कम डिजाइन बनाउने हुँदा आम मानिससम्म पुग्न गाह्रो हुने अनुभव बिनाको छ।

हालै वर्तमान ‘मिस नेपाल’ श्रृखंला खतिवडा ‘मिस वल्र्ड’को लागि तयार भएको परिचयात्मक भिडियोमा डिजाइनर आस्तिक शेरचनको पुल्चोक थ्रीले तयार गरेको पहेलो ग्राउनमा प्रस्तुत भइन्। पुल्चोक थ्री र आस्तिक डिजाइनका आस्तिक शेरचनका अनुसार कुनै डिजाइन पुनः बनाउन उत्तिकै मेहनत लाग्ने हुँदा नयाँ डिजाइन बनाउँदा राम्रो हुने बताउँछन्। ‘मैले डिजाइन गर्ने कलेक्सनहरूको संख्या कम हुन्छ। थोरै र राम्रो डिजाइन बनाउनमा केन्द्रित हुने गरेको हुँदा आम मानिसको लागि मैले डिजाइन गर्न तर्फ सोच्न भ्याएको छैन्,’उनी भन्छन्,‘नेपाली बजारमा सेलिब्रेटीले लगाएको लुगा खोज्दै आउने ग्राहकहरू कम छन्।’

सेलिब्रेटीले लगाएको डिजाइनले डिजाइनरहरूलाई चर्चा भने दिने गरेको आस्तिकको अनुभव छ। ‘म युनिक डिजाइनमा काम गर्न रुचाउने हुँदा सेलिब्रेटीलाई भनेर डिजाइन गर्न केन्द्रित हुन्न्। त्यसैले मेरो कलेक्सन खोज्न आउनेलाई भने सकेसम्म चित्त बुझाउन लागि पर्छु।’ आस्तिकले खुलाए। उनले अभिनेत्री सृष्टि श्रेष्ठको लागि अधिकांश डिजाइनहरू तयार गरेका छन्।

फेसन डिजाइनर सिवांगी प्रधानले हालै सार्वजनिक गरेको ब्राइडल कलेक्सनहरूले बिस्तारै चर्चा पाइरहेका छन्। आम मानिसमा आफ्ना डिजाइनहरू पुर्याउन नसकेको कुरा उनी स्वीकार्छिन्। ‘डिजाइनर कलेक्सनमा डिजाइनरहरूले धेरै समय र मेहनत गर्नुपर्ने हुँदा रेडिमेट लुगाको तुलनामा महंगो हुन्छ। डिजाइनर कलेक्सनहरू तयार गर्दा गुणस्तरमा ध्यान दिने गरेका छौं,’उनी भन्छिन्। अभिनेत्री प्रियंका कार्कीले आफ्नो इन्गेजमेन्टमा लगाएको ड्रेस डिजाइन गरेकी उनले उक्त कलेक्सनले राम्रो चर्चा पाएको बताउँछिन्। ‘यो डिजाइन रुचाउने ग्राहकहरू धेरै भेटेें। त्यो एउटै मात्र कलेक्सन भएकाले नयाँ डिजाइनहरूमा मोडेर तयार गरेको थिएँ।’

अभिनेत्री नम्रता श्रेष्ठ, प्रियंका कार्की र आना शर्माको पहिरनहरू डिजाइन गर्ने सिवांगीले सेलिब्रेटीको पहिरनहरू तयार गर्दा स्वतन्त्र भएर काम गर्न पाइने बताइन्। ‘सेलिब्रेटीहरूको पहिरनको लागि काम गर्दा बढी स्वतन्त्रता पाइन्छ। यसरी बनाएका ड्रेसको चर्चा पनि राम्रै हुने गरेको छ ’ उनले भनिन्।

विभिन्न डिजाइनहरूको पहिरनमा देखिइसकेकी अभिनेत्री प्रियंकाका अनुसार सेलिब्रेटीको पहिरनजस्तो डिजाइनको खोजी फेसन पारखीमाझ हुने गरेको छ। ‘डिजाइनरहरूको पहिरनहरूमा मैले सहजता खोज्छु। त्यसैले विभिन्न डिजाइन अनुसारको ड्रेसहरू छनोट गर्छु,’ प्रियंकाले भनिन्। उनले सिवांगी प्रधान राना, युबी थापा र मनिष राईको कलेक्सनहरू लगाउने गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved