प्रविधि अभावले चैनपुरे करुवा संकटमा

  • प्रकाशित मितिः मंसिर १६, २०७५
  • 1201 पटक पढिएको
  • समय अनलाइन

संखुवासभा / संखुवासभाको चैनपुरमा उत्पादन हुने चैनपुरे करुवा संकटमा पर्दै गएको छ । करुवा उत्पादनमा आधुनिक प्रविधि नअपनाउँदा करुवा संकटमा परेको हो । चैनपुरे करुवाले जति लोकप्रियता कमायो त्यति नै माग पनि बढेको छ । तर अहिले कामदारसँगै कच्चा पदार्थको अभावका कारणले गर्दा माग धान्नै मुस्किल परेको छ । पछिल्लो समय आधुनिक प्रविधिबाट एकै पटकमा हजारौं करुवा निर्माण हुने प्रविधि भित्रिएको छ । तर परम्परागत विधि अर्थात हाते कलामा करुवा उत्पादन गर्दा समस्या हुने गरेको व्यवसायी देबेन्द्र शाक्यले बताए ।

उनका अनुसार माग धेरै आउँछ, तर माग अनुसार उत्पादन नै गर्न नसकिने अवस्था छ । हातले बनाउनु पर्ने हुँदा आधुनिक प्रविधि अभावका कारण चैनपुरे करुवा उत्पादन संकटमा पर्न थालेको छ । काठमाडौं नागवहालबाट झण्डै डेढ शताब्दी पहिले केही शाक्य परिवार संखुवासभाको चैनपुर आएर बसेसँगै चैनपुरमा करुवाको उत्पादन सुरु भएको स्थानीयको भनाई छ । परम्परागत शैली र सीपको प्रयोग गरी काँसको धातुबाट बनाइने यो करुवाको प्रयोग सामान्यतयाः पानी पिउनका लागि मात्र प्रयोग हुने गरेको थियो । तर कलात्मक शैलीमा निर्माण गरिएको यहाँको करुवा अहिले घरमा सजावटको लागि पनि प्रयोग हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved