हिंसामा परेका पुरुष भन्छन– श्रीमतीकै कारण घरको न घाटको भइयो

  • प्रकाशित मितिः मंसिर १६, २०७५
  • 1185 पटक पढिएको
  • समय अनलाइन

alt

 

इटहरी । देशभर अहिले लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियान चलिरहेको छ । तर चार बर्ष देखि पुरुष हिंसामा परेका विराटनगरका खेम लोहनी न्यायको लागी भौतारीरहेका छन । न्याय दिनेहरुले न्याय दिए जस्तो गरे पनि आफ्नै श्रीमतीले घर निकाला गरे पछि उनी घरको घाटको भएका छन । आफ्नै श्रीमतीबाट घरेलु हिंसामा परेका छन । आफ्नो श्रीमती र छोरा छोरीको तिरस्कारबाट चार बर्ष देखि घरवार बिहिन भई लाचार जीवन जिउन बाध्य भएको उनको गनगन छ । घर निकाला भए सँगै अहिले उनी आफन्तको आश्रयमा बस्दै आएको उनी बताउँछन ।

पैसा हुदा श्रीमती र परिवार राम्रो हुदा रहेछन म सँग पैसा नहुदा छोरा र श्रीमतीले नै घर निकाला गरेको ४ बर्ष भयो मैले न्याय पाईन उनले गुनासो गदै भने । एउटा मावि निजि बोडिङ स्कुलको प्रध्यानध्यापक समेत रहेका उनी श्रणकै कारण विक्रि गर्दा श्रीमतीले आफ्नै घरबाट निकालि दिए म माथी असाध्यै अन्याय भयो आखाभरी आँशु झादै भने ।

आफ्नै सन्तान प्रतिको मायाँ, छोरा छोरीको जीवन स्तर उकास्नको निम्ति,शिक्षित बनाउन र श्रीमतीको गंम्भिर रोग उपचार गर्न देश बिदेशमा उपचार गर्ने खर्चे गरियो तर आज आफ्नैघाट अपहेलित भएर आफन्तकोमा बस्दै छु गहभरी आँशु निकाल्दै उनी सुनाउँछन ।

छोरालाई एम. बि.बि.एस पढाइकै क्रममा बैंकबाट धितो ऋण लिएको र बैंकमा रखिएको धरौटी बापतको घर घडेरी उकास्न समेत परिवारले दिएनन उनी भन्छन् । अहिले त्यही घर सम्पतीको कारण घर निकाला भएको छु उनी भन्छन् । मैले अहिले सम्म न्याय पाईन विराटनर महानगरपालिकाको न्यायीक समितिका संयोजक तथा उपमेयर इन्दिरा कार्कीले खाना लगाउँन र बस्न दिनु निर्णय गरे पनि श्रीमती सुधा लोहनीले आए झुण्डिएर मर्छु भन्दै धम्याएको उनको भनाई छ ।

संस्था र न्यायिक निकायमा समेत उजुरी गर्दा घरमा बस्न र खान पाउने अधिकारबाट समेत बन्चित भएर आफन्तको घरमा शरण लिदै छु । मैले विराटनगरमा पहिलो पुरुष हिंसा विरुद्धको मुद्धा हालेको थिए अहिले त्यो उच्च अदालतमा विचारधिन छ ।
पुरुष पनि घरेलु हिंशामा परेको सायद यो पहिलो घटना होला ्र कानुनी राज्यमा निजले न्याय नपाउनु कानुनकै उपहास हो भन्दा अतिसयोक्ति नहोला ्र हाम्रो समाज र संस्कृति कता जादै छ । श्रीमती र छोराछोरीबाट घरेलु हिंसा भोग्नुपरेको भन्दै मोरङ जिल्ला अदालतमा दर्ता भएको थियो ।

लोहनीले पत्नी सुधा लोहनी, छोराहरु रविराज , बिप्रव र छोरी अदैताले आफुमाथि हिंसा गरेको भन्दै मुद्धा दायर गरेका थिए । लोहनीले श्रीमती सुधा र छोराछोरीले मानसिक यातना दिई खान लगाउन नदिएको आरोप लगाउँदै आएका छन । विभिन्न समयमा महिला माथी विभिन्न हिंसा भएका समाचारहरू आए पनि पुरुष हिसांको समाचार थोरै मात्र आउँने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved