धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्ने स्टेडियमको शिलान्यास बैसाखमा

  • प्रकाशित मितिः मंसिर २७, २०७५
  • 1139 पटक पढिएको
  • समय अनलाइन

Featured Image

१८ देखी २२ महिनामा निर्माण सम्पन्न हुने


 

ई–खेलकुद संम्बाददाता । 

अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेको झण्डै १ बर्षपछि धुर्मुससुन्तली फाउण्डेशनले सो परियोजनाको निर्माण प्रक्रिया सुरु गर्ने भएको छ । आबश्यक प्रक्रिया र जग्गाको छनोट गरिसकेको फाउण्डेशनले निर्माण प्रक्रियाको तयारी सुरु गरेको हो । लर्ड बुद्ध ईटरनेशनल क्रिकेट स्टेडियम नाम दिईएको सो परियोजनाको बिस्तृत परियोजना प्रतिबेदन डिपीआरको काम अघि बढेको फाउण्डेशनका संस्थापक सिताराम कट्टेलले जानकारी दिनुभयो । यसैबर्ष भित्र डिपिआरको काम सकेर बैसाखमा सो रंगशालाको शिलान्यास हुने उहाले बताउनुभयो । 

चितवनको भरतपुरमा निर्माण गरिने रंगशाला, २० बिगाहा क्षेत्रफलमा निर्माण हुनेछ । शिलान्यास भएको १८ देखी २२ महिनामा निर्माण सम्पन्न गरी रंगशाला हस्तान्तरण गरिने कट्टेलको भनाई छ । रंगशाला निर्माणकै लागी रकम जुटाउन फाउण्डेशनले दाताहरुबाट सहयोग रकमपनि संकलन गरिरहेको छ । रंगशाला निर्माणकै लागी बिभिन्न पक्षसंग छलफलका साथै सहयोग रकम समेत जुटाउन कट्टेल बिहिबार कतार गएका छन् । 

नेपाली क्रिकेट टोलीले प्राप्त गरेको पछिल्लो सफलतालाई कायम राख्न अन्तराष्ट्रिय स्तरको रंगशाला आबश्यक रहेको निश्कर्षसहित फाउण्डेशनले त्यसको निर्माणमा जुट्ने घोषणा गरेको थियो । 

सरकारी प्रक्रिया पुरा गर्दै जग्गाको छनोट गर्न समय लागेपनि अबका कामहरु भने तिब्र गतिमा अघि बढ्ने फाउण्डेशनले जनाएको छ । झण्डै २ अर्ब लागत अनुमान गरिएको परियोजनाका लागी रकम संकलन मुख्य चुनौती रहेको छ । 

यद्यपी फाउण्डेशनले निर्माण गरेका यसअघिका परियोजनामा दाताहरुबाट पाएको साथ र सहयोग पछिल्लो परियोजनामा पनि प्राप्त हुने फाउण्डेशनको बिश्वास छ । 

बहुउपयोगी रंगशाला निर्माणको अबधारणा अनुसार क्रिकेट मैदानसंगै भलिबलकोर्ट र अन्य ईन्डोर खेलका हलहरुपनि निर्माण गर्ने फाउण्डेशनको तयारी छ । त्यसै अनुसार डिपीआर तयार पार्दै निर्माणको थालनी गर्ने कट्टेलले बताउनुभयो । 

फाउण्डेशनले यसअघि भुकम्पपिडितका लागी २ वटा बस्ती, रौतहटमा मुसहर बस्तीका साथै बिरअस्पातालको सरसफाई र रंगरोगनको काम पनि निर्धारित समयमै सम्पन्न गरेको थियो ।     

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved