इटहरी अख्तियार : काम थोरै, हल्ला धेरै

  • प्रकाशित मितिः मंसिर २८, २०७५
  • 1827 पटक पढिएको
  • समय अनलाइन

भष्ट्रचार नियन्त्रणका लागी इटहरीमा केहि बर्ष अघि स्थापना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यलयले ठुलाकाम गर्ने नसकेको सामाजिक अगुवाहरु बताउँछन । भ्रष्टाचार नियन्त्रणको लागि अख्तियारले काम सन्तोसजनक नभएको सामान्य नागरिकहरु सम्म बताउँछन । इटहरीमा करोडौ रुपैयाँको लागतमा बनेको भवन भएको अख्तियार नामै मात्रको छ । 

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने उदेश्यले स्थापना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नामै मात्रको हुन पुगेको सामाजिक अभियान्ता एंव साहित्यकार मनु मन्जिल बताउँछन । अख्तियार आफै प्रतिष्ठामा बस्न सकेको छैन । अख्तियारले दिएको जिम्मेवारी पुरा गर्ने नसकेको उनी बताउँछन । नितिगत गत भष्ट्रचार छानविन सुरु गर्नु पर्छ , अख्तियार आफै पनि सुध्रर्ने पर्यो उनले थपे । अख्तियार आफैले आफ्नो जिम्मेवार सम्हाल्न सकेको छैन नामको मात्र अख्तियारको के काम उनको प्रश्न थियो । 

अख्तियारको काम नाङ्लो ठटाएर हात्ती तर्साउने उखानलाई चरितार्थ गर्ने बाहेक खासै उपलब्धिपूर्ण छैन इटहरीका अगुवा तथा लिम्वुवानका नेता केदार उप्रेतीले भने । अख्तियारको काम अरुले तयार गरेको फाईल हेर्ने मात्र भयो काम भन्दा पनि हल्ला गरीरहेको उप्रेतीको आरोप छ । नेपाल प्रहरीले गर्ने काम मात्र अख्तियारले गरेको छ । अख्तियार दुरुपयोग गर्नेहरु सम्म पनि अख्तियार पुग्न नसकेको उनी बताउँछन । 

अख्तियारले गतिविधि बढाउँनुको विकल्प छैन । इटहरीमा क्षेत्रीय कार्यलय छ तर ठुलो काम देखाउँन सकेनन् इटहरीका अगुवा प्राध्यापक डाक्टर बद्रीबिशाल पोखरेलले बताए । अख्तियारको गतिविधि सक्रिय भएको जस्तो देखिएन। उनीहरुले गरेको काम जनता माझ सम्म पुर्याउँन सकेको छैनन् यस विषयमा ध्यान जानु जरुरी छ पोखरेल भन्छन् । जनताको सबैभन्दा बढी सरोकार रहने अधिकांश मालपोत कार्यालयहरुमा अहिले पनि घुस नदिई काम हुँदैन । 

नितिगत भष्ट्चार रोक्नु पर्छ त्यो भष्ट्रचार रोक्न सकेको छैन त्यस क्षेत्रमा अख्तियारले किन देख्दैनन ? नागरिक समाज इटहरीका महासचित राजु केसीले प्रश्न गरे । सामान्य दश विच हजार घुस खानेलाई मात्र पक्राउ गरेर अख्तियार दुरुपयोग नरोकिने उनको ठम्याई छ । ठुला ठुला भष्ट्रचार रोक्न अख्तियार लागी पर्नु पर्ने उनको सुझाब थियो ।

अख्तियारले झिनामसिना कुरामा अल्झिएर तल्लो स्तरका कर्मचारी र व्यक्तिलाई दुःख मात्र दिने गरेको तर वास्तविक भ्रष्टाचारीसम्म पुग्न नसकेको बताउँछन । नीय तहमा नीतिगत निर्णय भन्दै जे पायो त्यही गर्ने अधिकार कसैलाई छैन् । सामान खरीद नै गर्दा पनि सार्वजनिक खरीद ऐन र नियमावलीभन्दा बाहेक गर्न अधिकार छैन,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं. १ इटहरीका प्रमुख महेष आचार्यले भने । उनका अनुसार स्थानीय तहबाट एक करोडसम्मको निर्माण कार्य उपभोक्ता समितिमार्फत गर्ने कुराले बहुत डरलाग्दो रुप लिने खतरा रहेको जनाउँछन ।

अख्तियारमा मुद्धा आउँने संख्या बढे पनि धेरै जस्तो फर्जि आउँने गरेको अख्तियारले जनाएको छ । आर्थिक बर्ष २०७४।२०७५ मा ९ सय ५६ वटा उजुरी परेको अख्तियारले जनाएको छ । पुराना उजुरी सहित १२ सय ९६ उजुरी मध्ये ७ सय ३६ वटा उजुरी फर्सेट भए पनि ५ सय ६० उजुरी अहिले पनि फर्सेट नभएको अख्तियारले जनाएको छ । सबैभन्दा धेरै उजुरी सुनसरीबाट १ सय ९४ वटा परेको छ भने सोलुखुम्बुबाट १ मात्र उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीेले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved