प्याब्सन सुनसरी अन्तर्गत रहेको इटहरी उपमहानगर समितिले यही पुष १ देखि ८ गतेसम्म प्याब्सन खेलकुद सप्ताह सम्पन्न गर्ने तयारी पुरा भएको जानकारी दिएको छ ।प्याब्सन सुनसरी अन्तर्गत गठित प्याब्सन इटहरी उपमहानगर समितिले विद्यालय र विद्यार्थीबीच अन्तर सम्वन्ध स्थापित गर्दै आपसी भाईचारा विकासका लागि उक्त इटहरी प्याब्सन खेलकुद सप्ताह सम्पन्न गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।
इटहरी उपमहानगरपालिका अन्तर्गत रहेका नीजि तथा आवासीय विद्यालयहरुमध्ये झण्डै सयभन्दा बढि विद्यालको सहभागिता रहने उक्त खेल सप्ताहमा सम्पूर्ण विद्यालयको सहभागिता रहने बताईएको छ ।कम्तिमा १० लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको उक्त खेल सप्ताह विशेषगरी नयाँ खेलाडी उत्पादनसँगै खेल कौशल विकासमा विशेष ध्यान दिने उद्देश्य रहेको प्याब्सन इटहरी उपमहानगर समितिका अध्यक्ष सुवर्ण थापाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रतियोगितामा विजयी खेलाडी एवम विद्यालयलाई आकर्षक पुरस्कार प्रदान गरिने खेलकुद सप्ताहलाई भब्यता प्रदान गर्न इटहरी क्षेत्रीय रङ्गशालाका खेल मैदान सहित अन्य खेल मैदान समेतको उपयोग गरिने खेलकुद समितिका संयोजक राजेश श्रेष्ठले थप जानकारी दिनुभयो ।
शिक्षा र खेलकुल एकसाथ भन्ने नाराकासाथ सम्पन्न हुने खेल सप्ताहमा विद्यालयस्तरीय भलिबल, फुटबल, क्रिकेट, टेबलटेनिक, ब्याटमिन्टन, एथलेटिक्स लगायत विविध खेलहरु समावेश गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिईइएको छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न उप समितिहरु समेत गठन गरिएको तथा ती उप समितिहरुमा फुटबल संयोजकमा हेमन्त भट्टराई, क्रिकेट संयोजकमा दीपक काफ्ले भलिवल संयोजकमा तेजबहादुर निरौला टेबलटेनिस संयोजकमा खेमराज ढुँङ्गेल ब्याटमिन्टन खेल संयोजकमा राजकुमार गिरी छेलो र ज्यावलिङ्ग थ्रो खेल संयोजकमा शिव तिम्सिना, हाईजम्प र लङजम्प संयोजक नारायण सुवेदी, दौडमा संयोजकमा सुधन राई तोकिएको पनि जानकारी दिईएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved