जेठ ११, मोरङ, बहुचर्चित साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्याको मुख्य अभियुक्त चूडाँमणि उप्रेती (गोरे)को बयान ३ दिन पुग्दासम्म सकिएन । बुधबारबाट सुरु भएको उनको बयान शुक्रबारसम्म पनि सकिएको छैन्
उनले जिल्ला अदालत मोरङमा २७ पेजको बयान दिएको उनका कानून व्यवसायी यमबहादुर मगरले बताए । बुधबार ५ पेज, बिहीबार ११ र शुक्रबार ११ पेजको बयान दिएका हुन् । कानून व्यवसायी मगरका अनुसार बयान घटनाक्रमको अन्तिम अवस्थामा आइपुगेको छ । अब यातना दिएको भिडियोमा देखिएका मानिसहरु (भिडियोमा देखाउँदै) यि मान्छेहरु को को हुन् ? भन्ने मात्र सोध्न बाँकी छ ।
गोरेले गरेको भनिएको सुन तस्करीको सुरुवात, तस्करीमा संलग्न व्यक्तिहरु, सनम शाक्यको हत्या र हत्यामा संलग्न भनिएका अभियुक्तहरुको विषयमा गोरेले बताइसकेका छन् । तर, उनले अभियुक्तहरुको विषयमा के बताए भन्ने कुरा खुल्न सकेको छैन् । कानून व्यवसायी मगरले भने, ‘अहिले त्यो सबै भन्न मिल्दैन बयान सकिएपछि भनौँला ।’
१ सय ५३ पेजको अभियोगपत्रमा उल्लेख भएका अभियुक्तहरुको विषय र घटनाक्रमको विषयमा एक–एक गरेर गोरेसँग बयान लिइएको छ । अभियुक्त गोरेको बयान आइतबार दिउँसोसम्ममा सकिने कानून व्यवसायी मगरले बताए । जिल्ला अदालत मोरङका न्यायाधिस नारायण शर्माको एकल इजलासमा मुख्यअभियुक्त उप्रेतीको बयान भइरहेको छ । बयान सकिएपछि गोरेको विषयमा थुनछेक बहस सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved