निजी विद्यालय बन्द गर्नु गलत हो : अधिकारी सांसद

  • प्रकाशित मितिः पुस १३, २०७५
  • 1174 पटक पढिएको
  • समय अनलाइन

सांसद राधेश्याम अधिकारीले हचुवाको भरमा निजी विद्यालय बन्द गर्न नहुने बताएका छन् ।

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा उनले भने, ‘सात वर्षभित्र निजी विद्यालय मास्न लागिएको भन्ने कुरा आएको छ, यो कुरा सत्य हो भने त्यो दुर्भाग्यपूर्ण छ ।’

‘सार्वजनिक विद्यालयको गुणस्तर सुधार्नुपर्छ भन्नेमा विमती छैन, पाठ्यक्रममा एकरुपता पनि हुनै पर्दछ’, सांसद अधिकारीले भने, ‘तर निजी विद्यालय बन्द गर्नु गलत हो ।’

बढी शुल्क लिने, गुणस्तर नदिने निजी विद्यालयलाई सरकारले नै अनुगमन गर्नुपर्ने उनको भनाई छ । अधिकारीले कानूनले पनि निजी विद्यालय खोल्ने अधिकार दिएको बताए ।

सांसद अधिकारीले निजी विद्यालय बन्द गर्दा राज्यमाथि ठूलो आर्थिक भार पर्ने मात्रै होइन धनीमानीहरूले आफ्ना छोराछोरी विदेश पढ्न पठाउने उल्लेख गरे । संविधानले सूनिश्चित गरेको विद्यालय सम्बन्धी स्थानीय तहको अधिकार केन्द्र सरकारले हस्तक्षेप गर्न नहुनेमा उनको जोड थियो ।

अर्का सांसद वृषेशचन्द्र लालले मधेश/थरुहट आन्दोलनको घटना छानविन गर्न गठित उच्चतस्तरीय छानविन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । उनले भने, ‘सरकार प्रतिवेदन सार्वजनिक गर्न किन डराइरहेको छ ?’

सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगले २९ मंसिर २०७४ मा ७०९ पृष्ठको प्रतिवेदन तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो ।

विशेष समयमा बोल्दै सांसद दिलकुमारी रावलले मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदारको विषयमा सदनलाई जानकारी गराउन माग गरिन् । अर्को सन्दर्भमा उनले गत साउन यता चितवनमा वन्यजन्तुको आक्रमणबाट पाँच जनाको मृत्यु भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved