'सयदिने कार्ययोजना कार्यान्वयन गर्न निकै संघर्ष गर्नुपर्‍यो'

  • प्रकाशित मितिः जेठ ११, २०७५
  • 1256 पटक पढिएको
  • Bipin

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले कर्मचारीतन्त्रमा रहेको ढिलासुस्ती प्रवृत्तिको चर्को आलोचना गरेका छन् । सय दिने कार्ययोजनाको प्रगति विवरण सार्वजनिक गर्दै उनले कर्मचारीतन्त्रमा उपलब्ध स्रोतसाधानको अधिकतम उपयोग गर्ने क्षमता नरहेको बताए । 

 

“हामीसँग सीमित स्रोत तथा साधन छ, त्यसको पनि उपोग गर्ने क्षमता छैन । अधिकतम उपयोगको त कुरै छाडौं,” मन्त्री अधिकारीले भने, “व्यवस्थापिका (तत्कालीन) संसद्मा रहँदा संसदीय कर्मचारीमात्रै यस्तो हो, चाह्यो भने कार्यपालिकाको कर्मचारीले काम गर्नसक्छ भन्ने लाग्थ्यो । तर हैन रहेछ । खासै फरक देखिन मैले, उस्तै–उस्तै रहेछ ।”

 

आफूले सय दिनभित्र गर्न सकिने कार्ययोजना सार्वजनिक गरेपछि त्यसको कार्यान्वयनका लागि निकै संघर्ष गर्नुपरेको उनको अनुभव छ । “सुरुका १५ दिन त मलाई काम हुुँदैछ–हुँदैछ भने खेलाँची गर्नुभयो । १५ दिनसम्म पनि पछि लागेको लागै गरेपछि भने अब छाड्ने रैनछ भनेर बल्ल गर्न थाल्नुभयो,” टेबुल ठोकेर मन्त्री अधिकारीले भने, “भयो भयो भनिराख्नु हुन्छ तर काम हुँदैन । कसरी हुँदैन ? तपाईंहरुलाई थाहा छैन काम गर्नुपर्छ भन्ने ?” सय दिने कार्ययोजनामा ९५ प्रतिशत काम भएको उनले दाबी गरे । सुरुदेखि नै कर्मचारीले निर्देशन दिएअनुसार काम गरेको भए ९८ प्रतिशत काम हुने उनको भनाइ छ । 

अब चौमासिक कामको चौमासिक समीक्षा गर्ने उनले बताए । वार्षिक समीक्षा गर्दा अन्तिममा आएर काम गर्न सकिन भनेर जिम्मेवारीबाट उम्किने प्रवृत्ति रहेको प्रसंग कोट्याउँदै उनले भने, “सरुवा भयो भने त झनै सजिलो ।” मन्त्री अधिकारीले यसो भन्दा छेउमै थिए विभागीय मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा ।  

 

राष्ट्रिय योजना आयोगका सदस्य इन्जिनियर सुशील भट्टलाई छेउमै रोखर मन्त्री अधिकारीले भने, “योजनाहरु वस्तुनिष्ठ छैनन् । योजना आयोगका सदस्यज्यू यहीँ हुनुहुन्छ । कार्ययोजना क्षमता छैन, प्राविधिक योजनाहरु वस्तुनिष्ट छैनन्, नीतिगत अवस्था त्यस्तै छ । कानुन र कार्यविधि पनि झन्झटिला छन् ।”

 

मन्त्री अधिकारीले शुक्रबार मन्त्रालयमा पत्रकारहरुलाई बोलाएर सय दिने कार्ययोजनाको १४ बुँदे कार्यान्वयन प्रगति विवरण सार्वजनिक गरेका हुन् । विवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन सुरु गरिएकोदेखि बिरुवा रोपिएकोसम्मका प्रसंग उल्लेख गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको कला, संस्कृति र पर्यटकीय सम्पदा झल्किने ५ वटा ठूला इलेक्ट्रोनिक एलईडी एचडी डिस्प्ले बोर्ड राख्नेलगायतका काम भने पाइपलाइनमा राखेर काम भैरहेको मन्त्रीले उल्लेख गरेका छन् । 

 

कर्णाली पर्यटन वर्ष २०७५ को रारा तालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका धार्मिकस्थल भ्रमणले विश्वभरका उनीसँग सम्बन्धित सामाजिक सञ्जालका प्रयोगकर्तामा पहुँच पुगी पर्यटन प्रवद्र्धनमा सहयोग पुगेकोलाई पनि प्रगति विवरणमा उल्लेख गरिएको छ । 

 

रानीपोखरी र काष्ठमण्डप पुनःनिर्माण सुरु भएको, धरहरा पुनःनिर्माण कार्य अगाडि बढेको, एनएसीलाई नयाँ ६ वटा ट्वीनअटर विमान खरिद गर्न व्यापारिक योजनासहितको प्रतिवेदन अन्तिम चरणमा पुगेकोलगायतका प्रगति विवरण  समेटिएको ७ पृष्ठ लामो प्रतिवेदन मन्त्री अधिकारीले सार्वजनिक गरेका छन् । यसैबीचमा सप्तरीको राजविराज र अछामको साँफेबगर विमानस्थल पुनः सञ्चालनमा आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved