आशा लघुबिक्त बित्तिय सस्थाले आफ्नो सदस्यलाई बिक्तिय कारोबारको जानकारी दिने जोजना सहित बिक्तिय साक्षरता अभियान कार्यक्रम सञ्चालन गरेको छ। इटहरीमा सदस्यहरुलाई बिक्तिय कारोबारको बारे जानकारी दिने उद्धेश्यले केन्द्रिय कार्यलयबाट प्रमुख सहितको उपस्थितिमा कार्यक्रमको आयोजना भएको हो।
सानासाना पुजीँहरुलाई एकठ गरेर स्थानिय स्तर सम्म लगानीको बिस्तार गर्ने उद्धेश्यले सञ्चालनमा रहेको आशा लघुबिक्त कार्यलयले सुनसरीका इटहरी, दुहवी, झुम्का लगायतका क्षेत्रका करिब ११२५ जना सदस्यलाई ऋण, लगानी उपलब्ध गराउदै आएको शाखा प्रमुख बिरेन्द्र कुमार चौधरीले बताए। ससना खर्चहरु लगायत व्यवसाय, कृषि लगायतको क्षेत्रमा लगानी गर्दै आएको आशाले करिब ४ करोड लगान्ी गरेको जनाएको छ।
कार्यक्रममा सामुदायीक जनहितका अध्यक्ष बेधराज घिमिरेको प्रमुख आतिथ्य रहेको थियो भने केन्द्रिय प्रमुख सारदा पाठकको सभापतित्व रहेको थियो। कार्यक्रममा रबिन्द्र खतिवडा, बद्रि प्रसाद दुलाल लगायतको उस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved