प्रधान मन्त्री ओलीद्धारा १९ बर्षअघिको सडक कालो पत्रे गर्न सिलान्याय

  • प्रकाशित मितिः पुस २२, २०७५
  • 1274 पटक पढिएको
  • समय अनलाइन

१९ बर्ष अघिदेखि कच्ची सडकको रुपमा सञ्चालन हुदै आएको पाँचथरको राँके रबि र धनकुटाको राजारानी भेडेटार जोड्ने एक सय किलोमिटरको सड्क कालोपत्रे गर्न प्रधानमन्त्री केपी ओलीले आज एक कार्यक्रमका बीच पाँचथरको मिक्लाजुङ गाउँपालिकाका रबि बजारमा शिलान्यास गर्नुभएको छ। सो कार्यक्रममा प्रधानमन्त्री ओलीले आगमी कार्यकालमा समिृद्ध नेपाल सुखी नेपालको अभियानलाई अघि बढाउन थुप्रै बिकासका योजना अघि बढाइने बताउनुभयो। प्रधानमन्त्री ओलीले भारतको गंगा नदी हुदै कोशी नदीमा पानी जाहाज सञ्चालन गर्न भारतीय अधिकारीहरुसंग प्रक्रिया अघि बढेको बताउनुभयो। उहाँले पाँचथर र इलामका क्षेत्रलाई कृषिमा पनि अघि बढाउन बिभिन्न योजना ल्याइने बताउनुभयो। सो कार्यक्रममा भौतिक पुर्वधार तथा यातायात मन्त्री रघुबिर महासेठले आगमी चार बर्ष्भित्र देशभरी ६हजार देखि आठ हजार किलोमिटरसम्म सडक कालोपत्रे गरी सक्ने योजनाका साथ सरकार अघि बढेको बताउनुभयो। सो कार्यक्रममा प्रधान मन्त्री ओलीले पाँचथरको रबि बजारमा नेपाल बिधुत प्राधिकारणमार्फत बिस्तार भएको बिजुलीको पनि सोही अवसरमा उद्घाटन गर्नुभएको छ। पाँचथर मेची राजमार्गको राँकेबाट रबि ६ नंम्बर बुधबार धनकुटाको राजारानी र कोशी राजमार्गको भेडेटार जोड्ने सो सड्क भारतिय सहयोग तीन अरब ६५ करोड ७४ लाख रुपैयाँको लागतमा भारतिय निर्माण कम्पनी एफ्को इन्फाटेक निर्माण प्रालिले आगमी ती बर्ष्भित्र सम्मन्न गर्ने गरी एक महिना अघि ठेक्का सम्झौता गरी काम शुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved