मोरङको एक ग्यारेजमा ट्रकको ट्याङकी पड्कीदा ४ जना घाईते भएका छन् ।मोरङको सुन्दर हरैँचा १५ बलियामा रहेको शिभ ट्याक्टर ग्यारेजमा ट्रकको ट्याङकी खोलेर बनाउने क्रममा ट्याङकीमा ग्यास जमेर पड्कीदा चार जना घाईते भएका हुन। घाईते हुनेमा ग्यारेज सञ्चालक ३५ बर्षीय शिब कुमार शर्मा,लगायत सोही ग्यारेजमा कामगर्ने ५० बर्षीय पवन महत्तो, सुन्दर हरैचा नगरपालिका ४ बस्ने २१ बर्षीय शिभ नारायण चौधरी र ३८ बर्षीय ओम बहादुर खड्का भएको प्रहरीले जनाएको छ।
घाईते शर्मा र महतोलाई उपचारको लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएको छ भने अन्य २ जनाको स्थानीय मेडीकल गच्छियामा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved