तमोरका दुवै खण्डमा विश्वकै साहसिक र्‍याफ्टिङ

  • प्रकाशित मितिः पुस २३, २०७५
  • 1218 पटक पढिएको
  • समय अनलाइन

तमोर नदीको तलो खण्डमा मात्रै हुँदै आएको र्‍याफ्टिङ अब माथिल्लो खण्डमा पनि हुन थालेको छ। गत मंसिर ७ गते पाँचथरमा पनि व्यावसायिक र्‍याफ्टिङको शुभारम्भ भएसँगै माथिल्लो तमोरमा पनि र्‍याफ्टिङ पहिलोपटक सञ्चालनमा आएको हो।

काठमाडौंको रिभर एडभेन्चर ट्रल्ससँगको सहकार्यमा पाँचथरको तमोर भ्याली ट्राभल टुर्स एन्ड ट्रेकिङ प्रालिले र्‍याफ्टिङ सुरु गरेको हो। व्यवसायी दीपेन्द्र तुम्बापोले पाँचथरको हिलिहाङ गाउँपालिका–२ देखि फिदिम नगरपालिका–४ को माझीटारसम्मको १२ किलोमिटर दुरीमा र्‍याफ्टिङ गराउन थालेका छन्। यो रुटमा र्‍याफ्टिङमा पाँचथरका स्थानीयसँगै एकपटक कलकत्ताको समूहले पनि मनोरञ्जन लिएको तुम्बापो बताउँछन्। उनी भन्छन्, ‘जिल्लाबासी र जिल्लामा आएका आगन्तुक पाँचथरमै र्‍याफ्टिङ हुन थालेपछि खुसी भएका छन्।’

विश्वकै साहसिक र्‍याफ्टिङ नदीमा गनिने तमोर तल्लो भागमा २०६३ सालदेखि नै व्यावसायिक र्‍याफ्टिङ हुँदै आएको थियो। तमोर रिभर एडभेन्चर म्पनीले शुभारम्भ गरेको तल्लो खण्ड धनकुटाको मूलघाट देखी सुनसरी र उदयपुरको संगम चतरासम्म आउँछ। यो ३४ किलोमिटरको र्‍याफ्टिङ पछिल्लो समयमा पर्यटन व्यवसायी सुरेश बस्नेत नेतृत्वको इटहरीको रिभर डिप र्‍याफ्टिङले पनि गर्दै आएको छ।

तमोरमा विश्वस्तरीय र्‍याफ्टिङ

उर्लेर उत्तरबाट दक्षिण बगेका नदीहरूको छाल (र्‍यापिड) र लहर (वेभ) मा बग्दैबग्दै गरिने र्‍याफ्टिङमा पूर्वका नदीहरू विश्वस्तरीय मानिन्छन्। तमोरमा ३ देखि ४ र माइनस ५ ग्रेडका र्‍यापिड रहेको र्‍यापिडका जानकार तथा व्यवसायी सुरेश बस्नेत बताउँछन्।

र्‍याफ्टिङको र्‍यापिड गे्रड भन्नाले नदीको बहाब पार्न गर्न लाग्ने समस्याको नाम बुझाउँछ। अमेरिकन वाइटवाटर एसोसिएसनले ल्याएको नदीको बहाव पार गर्न लाग्ने समस्याका आधारमा कुन नदी कत्तिको असहज छ भन्ने जनाउँछ।

ग्रेड १ बाट ग्रेड ६ सम्म रहेको यो स्केलअनुसार १ र २ ग्रेडको र्‍यापिड भएका नदीहरू सामान्य बहाब भएका नदी हुन्। ३ ग्रेड भएको मध्यम स्तरका हुन् भने चार, पाँच र ६ ग्रेडका र्‍यापिड भने क्रमशः साहसिक र जोखिमयुक्त हुने वेस्टनभ्रिर डटकमको वेब पोर्टलकोे जानकारीमा उल्लेख छ।

पुर्बेलीहरुले र्‍याफ्टिङ गर्दा धेरैको छनोटमा धनकुटाको मूलघाटदेखि सुनसरी र उदयपुरको सङ्गम चतराको ३४ किलोमिटर लामो ६ घन्टाको रुट लोकप्रिय छ। ताप्लेजुङबाट सुरु हुने तमोरको चारदिने १२० किलोमिटर हाराहारी लामो र्‍याफ्टिङ रुट भए पनि कम जोखिम र धेरै रोमाञ्चक हुने तल्लो तमोरको ३४ किलोमिटरको १ दिने रुट लोकप्रिय भएको हो। चार दिन तीन रातमा हुने ताप्लेजुङदेखि चतरासम्मको रुटमा भने केहीकेही मात्रैले आनन्द लिन्छन्।

प्रचार र जनशक्ति अभाव

इटहरीको रिभर डिप र्‍याफ्टिङका सञ्चालक सुरेश बस्नेत पूर्वमा र्‍याफ्टिङ कल्चर स्थानीय स्तरमा नयाँ भएकाले स्थानीय रिभर गाइड नपाएर समस्या भएको बताउँछन्। सिजनमा दैनिक ५ बढी र्‍याफ्ट नचलेको उदाहरण दिँदै पूर्वका हरेक नदीमा दैनिक सय बढी र्‍याफ्ट चलाउनमा पहल हुनुपर्ने बताउँछन्। पाँचथरका व्यवसायी दीपेन्द्र तुम्बापो पनि नेपालमा विश्वका उत्कृष्ट र्‍याफ्टिङ गन्तव्यहरु भए पनि व्यवस्थित प्रचार हुन नपाएकाले धेरै व्यावसायिकता आउन नसकेको बताउँछन्।

सीमावर्ती भारतीय विहार र पश्चिम बङ्गालजस्ता विशाल जनघनत्व भएका राज्यका जल पारखी तान्न नसकेकाले पूर्वका र्‍याफ्टिङ नदीहरूले बजार नपाएको व्यवसायी मदन ढकाल बताउँछन्। ढकालका अनुसार सीमावर्ती भारतीय जल पारखी तान्न भारतको टिस्टा नदीमा विभिन्न बाँधहरू बनेकाले त्यहाँ र्‍याफ्टिङ रोकिएकाले पनि सजिलो भए पनि तान्न नसक्नुमा राज्यकै तवरमा प्रचार पुगेको छैन। उनी भन्छन्, ‘हामीले हाम्रो लेभलमा व्यवसाय र प्रचार गरेका छौं। अब राज्यले विहार र पश्चिम बङ्गालमा आक्रामक प्रचार गरेमा आउने पर्यटकीय कमाइको करबाट आम्दानी राज्यलाई नै हुने हो।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved