नेपाल नत्रज्योती संघ डा. राम प्रसाद पोखरेल आखा अस्पताल धनकुटाले आँखा स्वास्थ्य शिक्षा तथा संस्था परिचत अभिमुखिकरण कार्यक्रम सोमबार देखी धनकुटामा संचालन गरेको छ। धनकुटा नगरपालिकाका सामुदायिक बिद्यालयहरुका शिक्षक तथा शिक्षिकाहहरुको सहभागीतामा संचालन भएको अभिमुखिकरण कार्यक्रमको उद्घाटन धनकुटाका शिक्षा विकास समन्वय अधिकारी राम वहादुर थापाले धनकुटामा उद्घाटन गर्दै आखा जस्तो संवेदनशिल तथा महत्वपूर्ण अंगको उपचारमा र जनचेतनामा सवैले ध्यान दिनु पर्नेमाा जोड दिनु भयो।
नेपाल नेत्र ज्याती संघ धनकुटाका अध्यक्ष दोर्ण गुरगाईको अध्यक्षमा संचालन भएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य ठगेन्द्र अधिकारीले र कार्यक्रमको संचालन सचिव देव खड्काले गर्नु भएको थियो। भने संस्थाको परिचय तथा स्वास्थ्य शिक्षाको सिद्धान्तको वारेमा अस्पतालका व्यवस्थापनक ंगंगा वहादुर खत्रीले र आखा र यससंग सम्वन्धित रोगहरुको वारेमा नेत्र सहायक डोनराज गुरुंङ्ग र दृष्टि परिक्षण विधिको वारेमा सचिन लम्सालले सहजीकरण गर्नु भएको थियो।
कार्यक्रमका नेपाल नेत्र ज्योती संघका सदस्यहरु ऋषिराम ढुंगाना,विजय सन्तोषी राई,रेणु श्रेष्ठ,अष्मिका राई ,दुर्गा अधिकारी लगायत अस्पतालका स्वास्थ्यमर्की,कर्मचारी र धनकुटा नगरपालिका विभिन्न विद्यालयहरुको शिक्षकहरुको सहभागीता रहेको थियो।
नेपाल नत्रज्योती संघ डा. राम प्रसाद पोखरेल आखा अस्पताल धनकुटाले आखा स्वास्थ्य शिक्षा तथा संस्था परिचत अभिमुखिकरण कार्यक्रम धनकुटाका सात वटै तहहरुमा संचालन गरिने अध्यक्ष दोर्ण गुरागाईले वताउनु भयो।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved