विरोध पछी स्थानियकै रोहबरमा बालुवा हटाउदै पप्पु कन्ट्रक्सन

  • प्रकाशित मितिः पुस २६, २०७५
  • 1358 पटक पढिएको
  • समय अनलाइन

पप्पु कन्ट्रक्सनको ४ वर्ष अघि एडिवि संग सम्झौता भएको लौकहि झुम्का सडक खण्डको काम सुरु भए सँगै बिवादमा तानीएको छ । सडक निर्माण भएपछी स्थानियहरुले आ(आफ्नो सडकले काट्ने जग्गा निशुल्क उपलब्ध गराउन समेत तयार भए । तर जब ठेकेदार कम्पनिले काम सुरु गर्यो तब स्थानियहरु आक्रोशित भएका थिए । ठेकेदार कम्पनीले बालुवाले सडकमा पहिलो चरणको फिलिङ् गर्ने काम गर्यो । यसरी बालुवा भरेर निर्माण हुने सडक स्तरीय नबन्ने भए पछि स्थानिय हरुले पहिलो चरण माटो राखेर फिलिङ् गरि कालोपत्रे गर्नुपर्ने दवाव पप्पु कन्ट्रक्सनलाइ दिए तर कन्ट्रक्सनले टेरेन । त्यसोत निर्माण कम्पनीले एडिवि संग गरेको सम्झौता अनुसार सडकको संरचना कस्तो बन्ने भन्ने विषयमा समेत स्थानिय सरकारलाइ जानकारी गराउन चाहेन । त्यसले झन विवाद थपेको छ । सोही विषयलाई सुल्झाउन मङ्सिर २० गते विहिवार बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनाल , उप प्रमुख कमला मगर , वडा अध्यक्षहरु स्थानिय सरोकार वाला तथा एडिविका प्रतिनिधि र प्राविधिकहरुले एक औपचारीक सर्बपक्षिय छलफल कार्यक्रमको समेत आयोजना भयो । सोही कार्यक्रममा नगर प्रमुख खनालले बलुवाले फिलिङ् गरिएको काम स्तरीय नहुने भन्दै बालुवा तु उठाउन निर्देशन समेत दिएका थिए ।

नगरप्रमुखको निर्देशन समेत नमानि आफ्नै तरीकाबाट काम गरेपछि स्थानिय सन्चार कर्मि मदन अधिकारीले सोमबार काम स्थगित गर्न लगाएका थिए । सोहिदिन नेपालसरकारका प्राबिधिक हरुसंग सन्चारकर्मि लगाएत गुनासो निधान समिति संयोजक खेजिन्द्र मगर बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ र १० का अध्यक्षहरु दिपक कुमार लिम्बू र महेन्द्र बहादुर खत्रि देखि सम्पुर्ण सरोकार वालाहरु सहितले बाटोमा रहेको बालुवा हटाइ काम सन्चालन गर्न निर्देश दिएपस्चात हाल केहि बलुवा हटाउन थालेको हो ।

हुनत सन्चार माध्यमको काम जे घटना देखियो त्यसलाइ सार्वजनि गर्नु सन्चार कर्मिको धर्म हो तर कसैको निर्देशन र मिडियाको खवरदारीले समेत नटेरेको कन्ट्रक्सनले सन्चारकर्मिले रोकेका हुन् । सप्तकोसी अनलाइन संग कुरा गर्दै अधिकारीले भने हामिले सन्चार माध्यम बाट, सरोकारवाला सम्पुर्णमा गुहार गर्दा समेत हामिलाइ कतै बाट साथ मिलेन केही स्थानियहरु समेत मेरो बिरुद्धमा उत्रनु भयो अधिकारीले भने । तर त्यसको समेत प्रवाह नगरी र केही धम्कि समेत सहेर आज यो बलुवा उठाउन लगाएको उनले बताए । अधिकारी , गुनासो निधान समिति संयोजक मगर लगाएत केही व्यक्तिहरुले हाल चर्को बिरोध समेत खेपिरहेका छन् भने केही प्रसंसा समेत मिलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved