काठमाडौं प्रहरी परिसर, टेकुले सुनसहित एक युवकलाई पक्राउ गरेको छ। धनकुटा घर भइ काँडाघारी बस्दै आएका २८ वर्षीय समिर श्रेष्ठ पक्राउ पर्नेका छन्।
श्रेष्ठलाई २५० ग्राम सुन र ४१ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको परिसरका डीएसपी होविन्द्र बोगटीले बताए।
बोगटीका अनुसार श्रेष्ठले यूएई, कतार लगायतका मुलुकबाट फर्किने कामदारसँग प्रतिव्यक्ति ५० ग्राम सुन ल्याउन लगाउने गरेका थिए। त्यसवापत उनले प्रतिव्यक्ति ६ हजार रुपैयाँ दिने गरेका थिए। त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको गेटमा संकलन गर्दै गर्दा श्रेष्ठलाई समातिएको प्रहरीले जनाएको छ।
‘प्रतिव्यक्ति ५० ग्राम सुन ल्याउन पाउने प्रावधानको दुरुप्रयोग गर्दै उनले तस्करीको धन्दा चलाएको भेटिएको छ’, बोगटीले भने, ‘थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा पठाएका छौं।’
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved