फुड फेस्टिवलमा हेलिकप्टर टुर लोकप्रिय

  • प्रकाशित मितिः माघ २५, २०७५
  • 961 पटक पढिएको
  • समय अनलाइन

इटहरी । पछिल्लो केही समय यता देखि पुर्वी नेपालमा आयोजना हुने मेला तथा महोत्सवहरुको आकर्षणका रुपमा हेलिकप्टर टुर लोकप्रिय हुन थालेको छ ।

सुनसरीको इटहरीमा विहीवारबाट शुरु भएको फुड फेस्टिवलमा पनि हेलिकप्टर टुर प्याकेज राखिएपछि आकर्षण बढेको हो ।

होटल व्यवसायी संघ इटहरीको आयोजनामा शुरु भएको नौ दिने फुडफेस्टिवलमा हेलिकप्टरबाट स्थानीय तथा पाथिभरा मन्दिर सम्मको प्याकेज समा

वेश गरेको छ । माउण्टेन हेलिकप्टर प्रालिको हेलिकप्टरबाट दैनिक स्थानीय र पाथिभरा मन्दिर सम्म उडान गर्ने व्यवस्था मिलाएको फेस्टिवल आयोजक होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले जानकारी दिए । उनले हेलिकप्टर टुरका लागि दुइ सय जना भन्दा वढीले सम्पर्क गरिसकेको र फेस्टिवल अवधिभर पचास लाखको हेलिकप्टर टुरबाट आम्दानी हुने लक्ष्य राखेको वताए । फुडफेस्टिवलमा हेलिकप्टर टुरको व्यवस्थाले पुर्वको पर्यटन प्रवद्धर्नमा टेवा पुर्याउने इटहरी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष शैलेश विष्टले विश्वास लिएका छन ।

आगामी फागुन ३ गते सम्म सञ्चालन हुने फुडफेस्टिवलको आकर्षणका रुपमा रहेको हेलिकप्टर टुुर प्याकेज अन्र्तगत दैनिक स्थानीय २५ उडान सहित पाथिभरा उडान ६ पटक सम्म गर्ने गरि हेलिकप्टर टुरको व्यवस्था मिलाएको वताइएको छ । स्थानीय टुरका लागि पाँच हजार र पाथिभरा मन्दिर ताप्लेजुग तीस हजार प्रतिव्यक्ती शुल्क आयोजकले तय गरेको छ । पुर्वमा भौगोलिक तथा धार्मिक पर्यटकीय क्षेत्रहरु धेरै रहेकाले समेत हेलिकप्टर टुर प्याकेजहरु लोकप्रिय वन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved