पर्यटन प्रवद्धनमा टेवा पुर्याउने उद्धेश्यले इटहरीमा नौं दिने फुडफेस्टिवल सुरु

  • प्रकाशित मितिः माघ २५, २०७५
  • 753 पटक पढिएको
  • समय अनलाइन

इटहरी । पर्यटन प्रवद्धनमा टेवा पुर्याउने उद्धेश्यले सुनसरीको इटहरीमा नौं दिने फुडफेस्टिवल सुरु भएको छ ।

प्रदेस नम्वर १का मुख्य मन्त्री शेरधन राईले एक कार्यक्रमका विच जनता मावि को खेल मैदानमा फुडफेस्टिवलको उद्घाटन गरेका हुन । फुडफेस्टिवल उद्घाटनपछि प्रमुख अतिथी मुख्य मन्त्री राईले इटहरीमा सञ्चालनमा आएको फुडफेस्टिवलले पनि प्रदेस नम्वर १को समृद्धि र विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले प्रदेस नम्वर १ पर्यटकीय दृष्टिकोणले समेत अव्वल रहेको भन्दै विश्वको सवै भन्दा अग्लो सगरमाथा देखि लिएर होचो कचनाकलन, हिमाल ,पहाड देखि तराई सम्मका भौगोलिक विभिद्यता रहेको वताए । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा समेत धेरै आस्थाका केन्द्रहरु रहेकाले पनि पर्यटन प्रवद्धनमा सहयोग पुग्ने आफुले अपेक्षा गरेको वताए ।

फेस्टिवल उद्घाटन सत्र अघि हाती सहितको झाँकीले फेस्टिवल सञ्चालन हुने स्थल पुगेको थियो । फेस्टिवलमा स्थानिय, जातिय, परम्परागत र आधुनिक समयका लोकप्रिय परिकारहरु समेत राखिएका छन । फेस्टिवलको आकर्षणका रुपमा हेलिकप्टर टुर , कोशी टप्पु वन्यजन्तु आरक्षका दुई हाती ,लालिगुँरास र अर्नाको प्रतिमा वालउद्यान समेत रहेका छन । फागुन ३ गते सम्म सञ्चालन हुने फेस्टिवलमा जातिय पहिचानका परिकार साथै विदेशी परिकारहरुको स्वाद लिन सकिने व्यवस्था मिलाएको आयोजक होटल व्यवसायी संघका अध्यक्ष जिवन पराजुली जानकारी दिए । उद्घाटन सत्रमा प्रदेस नम्वर १को प्रदेस सभाका सदस्यद्धय सर्वध्वज साँवा,लिलम वस्नेत इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल

चौधरी, होटल व्यवसायी महासंघ प्रदेस नम्वर १का संयोजक मणिन्द्र कटुवाल लगायतले वोलेका थिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved