तेह्रथुम / जिल्लाको गाउँ गाउँमा गाडी पुगेको छ । पानी नपरुजेल सम्म राम्रै सञ्चालन हुन्छन् । आकाशमा कुहिरो लाग्न थाले सँगै गाडी चालक र मालिमलाई तनाब सुरु हुन्छ । हिउँदमा जसोतसो सञ्चालनमा रहेका ग्रामिण सडकहरु बर्षाद सुरु भएपछी
प्राय सबै ठप्प नै हुँदै आएका छन ।
तेह्रथुमको छथर २ खैरेनीबाट दमक सम्म सञ्चालनमा रहेको गाडी गाउँको बिचमै फस्दा यात्रु अलपत्र बने । लामो रुटको सवारी साधान भएकाले पनी यात्रुहरुले गाडीको भर परे । मध्य हिउँदमा सञ्चालनमा रहेको गाडी राती सिमसिम पानीका कारण सडकमा गाडी चिप्लीएका कारण जोरधाराबाट अगाडी बढेन सकेन । चालकले धेरै प्रयास गरे तर प्रयास सफल हुन नसकेपछी यात्रु सँगै बसमा सवार गर्भवतीलाई स्टेचर खोजेर स्वास्थ्य केन्द्र पुर्याउनु पर्ने अबश्था बन्यो ।
सुत्केरी बेथाले च्यापीएकी महिलालाई करिब सवारी साधानमा १५ मिनेट लाग्ने ठाउँमा १ घण्टा बोकेर पुर्याउनु पर्ने समस्या बनेको स्थानीय गजेन्द्र बिकले बताए । गाउँमा आएको सेवा लिने आश भएपनी भरपर्दाे नभएको उनले बताए । गाउँ गाउँमा यात्रु बाहक बस हिउँदमा पुगेपनी पानी पर्याे भने समस्या ज्युका तिउँ नै रहेको स्थानीयबासीहरु बताउँछन । बर्षेनी भोग्दै आएको ग्रामिण क्षेत्रका स्थानीयहरुको समस्यालाई समाधान गर्न पहल भएपनी बर्षादको याममा सवारी सञ्चालनमा समस्या अझै हट्न सकेको छैन । गाउँ गाउँमा सडकको ट्याक खोल्नेको होड नै चलेको छ ।
सडकमा सञ्चालन हुने सवारी साधानको निरन्तरताको लागी ध्यान नपुर्याउँदा बर्षादले क्षतबिक्षत बनाउँदै आएको छ । राज्यको करोडौ लागनीमा निमार्ण गरीएका सडकहरुलाई निरन्तरताका लागी दिर्घकालिन योजना निमार्ण गर्न आबश्यक रहेको सरोकारवालाहरुले बताउने गरेका छन । शिक्षा,स्वास्थ्य,खानेपानी लगायतका समस्याले थलिएका नागरिकहरु सुरक्षित बसाईको खोजीमा दिनानु दिन भौतारी रहेका हुन्छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved