मोरङको सुन्दरहरैचामा मिस सुन्दरहरैचा पुर्वाञ्चल २०१९ हुने उत्कृष्ट हुने प्रतियाेगि लाई स्कुटर प्रदान गरिने ।

  • प्रकाशित मितिः फाल्गुन ७, २०७५
  • 1134 पटक पढिएको
  • समय अनलाइन

मोरङ / मोरङको सुन्दरहरैचामा फागुन २० गते देखि मिसइस्टर्न ग्रुप फोर इन्टरटेनमेन्टकाे आयोजननमा सुन्दरहरैचा पुर्वाञ्चल २०१९ हुने भएको छ ।

प्रतियोगितामा फागुन २०,२१ र २२ गते अडिसन भई चैत १५ गते इन्द्रपुर जेसिजकाे हलमा फाइनल हुने अायाेजकले पत्रकार सम्मेलन गरि जानकारी दिएकाे छ । करिब २० लाख ८० हजार अनुमानित लागतमा शुरु हुने उक्त प्रतियोगिता १ नं प्रदेश भरिका युवतीहरुले सहभागी जनाउन सक्ने अायाेजक संस्थाका निर्देशक उपेन्द्र बजगाईले जानकारी दिए । प्रतियोगिताको अडिसन आयोजकले तोकेको मितिमा दमक, विराटनगर, विर्तामोड, इटहरी, धरान, विराटचौक र धनकुटामा हुने अायाेजक संस्थाका प्रमुक निर्देशक सागर लुइटेलले बताए।

कार्यकममा सहभागी मध्ये मिस सुन्दरहरैचा पुर्वाञ्चल २०१९ लाई एउटा स्कुटी , मिस फस्ट राउण्ड अफलाई नगद रु ७५ हजार मिस सेकेन्ड राउन्ड अफलाई नगद रु ३५ हजारकाे पुरस्कार आयोजकले राखेको छ । मिस ट्यालेन्ट, मिस डिसिप्लेन, बेस्ट हेयर एण्ड स्टाइल, मिस फोटो जेनिस, मिस क्याट्वक, मिस फ्रेण्डसिप, मिस पपुलर जस्ता विभिन्न ७ विधामा ७ जानालाई करिब १५ हजार मुल्य बराबरको हवाई मोबाइल प्रदन गरिने संस्थाका निर्देशक विजय लिम्बुले बताएका छन ।

गाउँ घरमा लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउने साथै सामाजिक क्षेत्रमा युवा युवतीहरुलाई अग्रसर गराउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका निर्देशक विनोद भट्टराईले बताए।भट्टराईले उक्त प्रतियोगिता गरेर बचेको सम्पुर्ण रकम सामाजिक क्षेत्रमा खर्च गरिने जसमा विशेश प्राथमिकता विभिन्न पिछाडिएका विधालय, तथा वर्गहरुमा खर्च गरिने जानकारी दिए ।

प्रतियोगितामा सहभागी जनाउन कम्तिमा १८ वर्ष देखि २४ वर्षको हुनुपर्ने जसमा प्रतियोगीको उचाई भने ५.२ फिट हुनु पर्नेछ । शैक्षिक योग्यता भने एसएलसी पास हुनु पर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रदेश भरिका करिब ४ सय भन्दा बढी युवतीहरुले सहभागी जनाउने साथै उक्त प्रतियोगितामा करिब १५ सय भन्दा बढी दर्शकहरुको उपस्थिती हुने आयोजकले अनुमानित तथ्यांक सार्वजनिक गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved