बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम फेरि स्थगित भएको छ । पटकपटक स्थगित हुँदै आएको सलमान खान नेपाल आउने कार्यक्रम पुनः स्थगित भएको हो ।
कार्यक्रमको आयोजक ओडीसी इन्टरटेनमेन्टले सलमान नेपाल आउने कार्यक्रम पुनः स्थगित भएको जनाउँदै आफ्नो फेसबुक पेजमा अर्को सूचना नआएसम्मका लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
पछिल्लो पटक ‘दबङ द टुर’ अन्तर्गत उनी जेठ १२ गते नेपाल आउने कार्यक्रम रहेको थियो ।
यस अगाडि उनी वैशाखमा नेपाल आउने कार्यक्रम थियो । जोधपुर विशेष अदालतले ५ वर्ष कैदको फैसला सुनाएपछि वैशाखमा उनी नेपाल आउने कार्यक्रम स्थगित भएको थियो ।
त्यसअघि ओडीसीले सलमानलाई फागुन २६ गते नेपाल ल्याउने तयारी गरेको थियो । उक्त समयमा विप्लव माओवादीले नेपाल नआउन आग्रह गर्दै सोहीदिन नेपाल बन्दको घोषणा गरेपछि उनी नेपाल आउने कार्यक्रम स्थगित भएको थियो ।
३ हजार देखि २० हजारसम्मको टिकट ओडीसीले विक्री गरेको थियो । केहीले टिकट फिर्ता लिए पनि केहीले अझै बाँकी छ ।
कार्यक्रमका लागि सलमानसहितको समूहलाई आयोजक ओडीसी इन्टरटेन्मेन्टले ७ करोड भारतीय रुैपैयाँ पठाइसकेको थियो । यसमा ३ करोड रुपैयाँ सलमानका लागि पठाइएको थियो ।
कार्यक्रम तयारीका क्रममा १० करोड रुपैयाँ खर्च भैसकेको ओडीसीले जनाएको छ । गुरुङका अनुसार १५ करोड लागतमा कार्यक्रम हुन लागेको थियो । ५० हजार दर्शक उपस्थित हुने अपेक्षा आयोजकको थियो ।
कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि आउने कार्यक्रम थियो ।
सलमानसँगै नेपाली कलाकार राजेश पायल राई, रनजु लामा, सुष्मा कार्की र माला लिम्वूले आफ्नो प्रस्तुती प्रस्तुत गर्ने कार्यक्रम थियो । ९० जना सहयोगी तथा सहकर्मीसहित सलमान नेपाल आएर तीन दिन बस्ने कार्यक्रम थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved