डिजिटल गुण्डा हो फेसबुक : बेलायती सांसद्

  • प्रकाशित मितिः फाल्गुन ९, २०७५
  • 1346 पटक पढिएको
  • समय अनलाइन

बेलायती सांसदले सोसल मिडिया साइट फेसबुकमाथि गम्भीर आरोप लगाएका छन् । बेलायती सांसदले सोमबार जारी गरेको एक रिपोर्टमा फेसबुकमाथि बेलायतमा जानीजानी गोपनीयतासम्बन्धी कानून तथा प्रतिस्पर्धासम्बन्धी कानूनको उल्लंघन गरेको आरोप लगाइएको छ ।

सांसदहरुले फेसबुकलाई ‘डिजिटल गुण्डा’ को रुपमा रहेको आरोप लगाएका छन् । साथै सोसल मिडिया कम्पनीहरुमाथि अधिक निगरानी राख्न पनि आह्वान गरेका छन् ।

सोसल मिडियामा फर्जी तथा भ्रामक जानकारीहरु सम्बन्धमा १८ महिना लगाएर गरिएको अनुसन्धानको उक्त प्रतिवेदन तयार पार्ने संसदीय समितिले सोसल मिडिया वेबसाइटहरुले अनिवार्य रुपमा आचारसंहिताको पालना गर्नुपर्ने ठहर गरेको छ ।

हानिकारक तथा अवैध सामाग्रीलाई प्रभावकारी रुपमा नियन्त्रण गर्नका लागि एक स्वतन्त्र नियामक निकायले निगरानी गर्नुपर्ने पनि सुझाव दिइएको छ ।

फेसबुकका बारेमा टिप्पणी गर्दै रिपोर्टमा भनिएको छ, यस्तो लाग्छ कि फेसबुकलाई यस्तो रुपले डिजाइन गरिएको छ जसबाट खास निर्णयका लागि ज्ञान तथा जिम्मेवारीहरु लुकाउन सकियोस् । फेसबुकले जानीजानी डाटाको गोपनीयता तथा प्रतिस्पर्धारोधी कानूनको उल्लंघन गरेको समितिको निष्कर्ष छ ।

रिपोर्टमा फेसबुकका सीईओ मार्क जुकरबर्गले बेलायती संसदको अवहेलना गरेको समेत आरोप लगाइएको छ । जुकरबर्गलाई समितिमा आएर बयान दिनका लागि पटक पटक आग्रह गर्दा पनि उनले नटेरेको बताइएको छ । रिपोर्टको निष्कर्ष छः फेसबुक जस्ता कम्पनीहरुलाई अनलाइन दुनियाँमा डिजिटल गुण्डा जस्तो व्यवहार गर्ने अनुमति दिनु हुँदैन । जसले आफुलाई कानून भन्दा माथि ठान्दछ ।’

फेसबुकका बेलायतस्थित प्रतिनिधिले भने फर्जी समाचार तथा चुनावमा फेसबुकमार्फत हुनसक्ने अनुचित प्रभावलाई रोक्नका लागि बेलायतसँग सार्थक सहकार्य गर्न फेसबुक तयार रहेको बताएका छन् ।

उनका अनुसार फेसबुकमा खराब सामाग्रीहरुको पहिचान गरी त्यसलाई रोक्ने कामका लागि फेसबुकले ३० हजार कर्मचारी खटाएको छ । साथै फेसबुक दुरुपयोग हुनबाट रोक्नका लागि प्रविधिमा समेत भारी लगानी गरिएको छ ।

फेसबुक लगायतका सोसल मिडियामा साइटहरुमाथि प्रयोगकर्ताको डाटाको गोपनियता कायम राख्न नसकेको र विभिन्न देशका चुनावलाई प्रभावित पार्नका लागि सोसल मिडिया प्लाटफर्मको दुरुपयोगलाई समेत रोक्न नसकेको आरोप लाग्ने गरेको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved