इटहरी जोगवनी किमाथांका त्रिदेशीय व्यापारिक मार्ग बिस्तार इटहरीमा रोकिएको छ । इटहरीको तरहरा र खनारमा विरोध नभई निमार्णको काम भईरहदा इटहरीमा तिब्र विरोध छ । ब्यापारिक मार्गको बिस्तारको काम अन्योल हुन पुगेको छ । राजमार्ग निर्माण ब्यवस्था ऐन अन्तर्गत २०२१ फागुन १६ मा जोगवनी(धरान सडकलाई सेन्टर लाइनबाट दाँया बाँया २५ र २५ मिटरको बाटो बनाउने निर्णय भएको अभिलेख छ ।
त्यसैगरी ०३४ साल असार २० गते राजपत्रमा सुचना गरी रानी धरान सडक केन्द्रबाट दायारवाया २५र२५ मिटिर कायम गरिएको थियो । २०३४ सालमै सडकले सडक आसपासको १५ मिटर जग्गाको मुअब्जा जग्गा धनीलाई दिइसकेको बताए । अझै इटहरीको तरहरादेखि धरानसम्मको १४ किमि र सुनसरीस्थित दुहबी बजारको निर्माणका लागि ठेक्का लाग्न सकेको छैन ।
तरहरा आपँगाछी लगायतका क्षेत्रका सबैले विकासमा विरोध नगर्दा इटहरीका धनमनीहरु किन विकास विरोधी भए । जमनामा मुअब्जा खानेहरु वाटो विस्तारको विरोधी हुन पाईन्छ ?
इटहरीको मुख्य चौक तथा आसपासका भागमा पनि ६ लेनकै बाटो निमार्ण हुनु पर्छ । हैन भने तरहरा आसपासमा भत्काएको घरको क्षतीपूर्ती सरकारले बेहोर्नु पदैन ? राजमार्ग निर्माण ब्यवस्था ऐन अन्तर्गत २०२१ फागुन १६ मा जोगवनी धरान सडकलाई सेन्टर लाइनबाट दाँया ,बाँया २५र२५ मिटरको बाटो बनाउने निर्णय भएको अभिलेख छ ।
त्यसैगरी ०३४ साल असार २० गते राजपत्रमा सुचना गरी रानी धरान सडक केन्द्रबाट दाया र वाया २५र२५ मिटिर कायम गरिएको थियो । २०३४ सालमै सडकले सडक आसपासको १५ मिटर जग्गाको मुअब्जा जग्गा धनीले पाईसेकेका छन् । अहिले त्यही हाईवेमा घर भएका धनीमनीहरु नै सडक सानो बनाउँनु पर्छ भन्दै रोई कराई गरिरहेको देख्दा विकास निमार्णको काममा धनीहरु नै बाधक छन् भन्दा फरक नपर्ला । २०७० साल असारबाट कोशी राजमार्ग अन्तर्गत बिराटनगरको रानीदेखि धरान सडकखण्डको कुल ४९ किलोमिटर दुई लेनको सडकलाई ६ लेनको बनाउने परियोजना सुरु भएको थियो ।
तरहरा ,विराटनगर खनार लगायतका ठाउँहरुमा बाटो निमार्णले प्रथामिकता पाउँदा इटहरीमा काम रोकिनु आफैमा दुःखद कुरा हो । प्रादेशिक राजधानीको दाबी गरिरहेको इटहरी सडक बढाउँन समेत हिचकिचाउँदा अन्य शहरहरु हास्न थालेका छन् । विकासको बाधक कोहि बन्नु हुन्न । २०२१ सालमै मुअब्जा लिएर लामो समय देखि सडकको जग्गामा सटर भाडा लगाएर खानेहरु विकास विरोधी भएको प्रष्ट देखिन्छ । सडकको जग्गामा भवन बनाई भाडा लगाउँन पल्केकाहरु इटहरीमा सडक बिस्तारमा विरोधी भएको देखिन्छ ।
त्यो केबल निश्चित घरवालाको आम्दानीको स्रोत्र जाने डरका कारण रचेको प्रप्रञ्च इटहरीमा लागु भएको देखिन्छ । वर्षाै देखि सडकको जग्गामा हैकम जमाएर महंगो भाडा लगाएर ब्यापारीहरुलाई लुट्न पल्केकाहरु अहिले सडक विस्तारमा विरोध गर्नु कतिको जायज छ ? निश्चित चौकका केहि ठुला ब्यापारीहरुको स्वार्थको लागी किमार्थ हाइवे सडक विस्तार रोकिनु हुन्न ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved