इटहरी - नेपाल बंगलादेश युवा सम्मेलनको अवसरमा हेल्पिङ युथ इटहरीले सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ ।
नेपाल, बंगलादेश, भारत, अफगानिस्तान लगायत बिभिन्न देशका युवाहरूलाई नेपालको ट्राफिक नियम सम्बन्धि जानकारी दिएको छ । युवाहरूलाई सडक सुरक्षा सम्बन्धी सचेतना अभिबृद्धि गराई सम्भावित दुर्घटनाबाट जोगाउन कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा सवारी दुर्घटनाका कारणहरु, द्यष्लिम क्उयत र सुरक्षित सडक प्रयोग विधि सम्बन्धमा प्रशिक्षण प्रदान गरिएको थियो । सडक दुर्घटना न्यूनिकरण गर्न प्रहरी तथा सरकारी निकायको प्रयासले मात्र नहुने भएकाले आम नागरिक पनि सचेत हुनु पर्ने हेल्पिङ युथका अध्यक्ष बिकल पौडेलले बताउनु भयो ।
प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले सवारी चलाउदा के के कुरामा ध्यान दिनुपर्छ ? दुर्घटनाका कारणहरू के के हुन र यसबाट कसरी बच्ने भन्ने विषयमा सबैले ध्यान दिनुपर्ने बताउनु भयो । गौतमले चालकलाई तीव्र गतिमा सवारी नचलाउँन, क्षमताभन्दा बढी यात्रु नबोक्न, मोटरसाइकल चालकलाई हेलमेट अनिवार्य प्रयोग गर्न, दुई जना भन्दा बढी मानिस नराख्न र सवारीसम्बन्धी आवश्यक काजजात साथैमा राख्न अनुरोध गर्नु भएको छ ।
सडक संरचना , ट्राफिक नियमको पालना , मानविय चेतना , सवारी साधनको अवस्था , विधमान कानुनको पालना जस्ता क्षेत्रमा भएँको कमी कमजोरी को कारणसडक दुर्घटना दिनानु दिन वृद्दि भैई रहेको हुनाले यस्ता सचेतना कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved