काठमाडौं - प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापालाई पक्राउ गरेको छ ।
हिन्दूराष्ट्र लगायत २२ बुँदे माग राखेर धर्ना दिने क्रममा प्रहरीले भृकुटीमण्डपबाट अध्यक्ष थापा, नेता दीपक बोहोरा, बुद्धिमान तामाङसहित अन्य नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।
राप्रपाले हिन्दूराष्ट्र पुनर्स्थापना लगायत माग राख्दै चरणवद्ध आन्दोलन गरिरहेको छ । राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनको घोषणा गरेको हो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved