दुर्घटनामा तीनजनाको ज्यान गएको प्रति शेर्पा एण्ड अरुणदेवी कन्ट्रक्सनद्वारा दुख ब्यक्त

  • प्रकाशित मितिः चैत ३०, २०७५
  • 2725 पटक पढिएको
  • समय अनलाइन

कोशी राजमार्ग अन्तरगत सुनसरीको धरान ८ पानीट्यांकीमा शुक्रवार राती भएको दुर्घटनामा तीनजनाको ज्यान गएको प्रति शेर्पा एण्ड अरुणदेवी कन्ट्रक्सनले दुख ब्यक्त गरेको छ। शनिबार समय अलाईनसँगको टेलिफोन सम्बादमा कन्ट्रक्सनका सञ्चालक नारायण प्रसाद तिवारी(सानु) र फुर्तेम्बा शेपाले दुख ब्यक्त गरेका हुन्।

सञ्चालकद्वयले घटनामा ज्यान गुमाएका प्रति हार्दिक श्रद्वाञ्जली ब्यक्त गर्दै परिवारमा हार्दिक समवेदना ब्यक्त गरेका छन्। सञ्चालकद्वयले घटनामा ज्यान गुमाउनेहरु कन्ट्रक्सनका शुभचिन्तकहरु रहेको भन्दै उहाँहरुको निधनले आँफुहरु मर्माहत भएको बताएका छन्।

कन्ट्रक्सनले शोकमा आज देशभर काम रोकेर भावपुर्ण श्रद्वाञ्जली ब्यक्त गरेको छ। Untitled-1

गएराती सवा ११ बजे ईटहरी आउँदै गरेको मे १ त ६६९२ नम्बरको ट्याक्टरलाई बा २० च ४०७६ नम्बरको कारले ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा कारचालक सुन्दरहरैचा ४का ४५ बर्षीय गोबिन्द बस्नेत, इटहरी ४ का ३० बर्षीय अनिल श्रेष्ठ, धनकुटाको महालक्ष्मी नगरपालिका ४ का २७ बर्षीय जनक बुढाथोकी र इटहरीका २८बर्षीय मदन लिम्बु गम्भीर घाइते भएका थिए।

घाईतेहरु मध्य तीनजनाको उपचारको क्रममा धरान स्थित वी.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा र बस्नेतको न्युरो अस्पताल बिराटनगरमा ज्यान गएको हो।

र यो पनि

धरानमा दुर्घट्ना ३ जनाको घट्नास्थलमै मृत्यु

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved