सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा रिजर्भ बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।नयाँ वर्षकाे पहिलाे बिहानीमै आज भएकाे साे दुर्घटनामा ज्यान गुमाएका र घाईते भएका अधिकांश सुनसरी र मोरङ जिल्लाका रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुर उनीहरु काठमाडाैँबाट बा ३ ख १३१८ नम्बरको सुन्दरीमाई यातायातकाे बस रिजर्भ गरेर नयाँ वर्षकाे अवसरमा घर फर्किँदै गर्दा दुर्घटनामा परेका हुन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved