इटहरीमा थपियो अर्को स्तरीय होटेल ‘गार्डेन होटेल मादेन इन ’

  • प्रकाशित मितिः बैशाख २, २०७६
  • 1174 पटक पढिएको
  • समय अनलाइन

इटहरीः इटहरीमा फेरी अर्को होटेल थपिएको छ । नयाँ वर्षको अवसर पारेर आइतबार देखि संचलनमा आएको इटहरी– ६ मा स्थापित नयाँ होटेलको नाम हो ‘गार्डेन होटेल मादेन इन ।’

५ कट्ठा क्षेत्रफलमा फैलिएको उक्त होटेलको लगानी करिब १५ करोड रहेको सञ्चालक दोय मध्येका एक महेन्द्र मादेनले जानकारी दिएका छन् । दाजुभाइ महेन्द्र र प्रदीपले संयुक्त रूपमा सञ्चालन गरेको उक्त होटेलमा दुुइ दशक भन्दा लामो समय पाँच तारे होटेलमा व्यवस्थापकिय तहमा काम गरेको अनुभवसहितको सुविधा प्रदान हुने बताइएको छ ।

होटेलमा १६ ओटा डिलक्स, प्रिमियम, जुनियर स्वीटलगायतका रुमहरु रहेका छन् । ५० जना अंट्ने क्षमताको सेमिनार हल र करिब ५ सय व्यक्ति अट्न सक्ने गार्डेन ब्याङक्वीट समेत रहेको छ । सञ्चालक महेन्द्र मादेनले आफूले होटेल याक एन्ड यती, होटेल हिमालय लगायतका स्टार होटेलमा दुई दशक बिताएको जानकारी दिए ।

‘लामो समय गृह नगर बाहिर रहेर होटेल इन्ड्रस्टिजमा काम गरे पनि आफ्नो ठाउँमा सेवा दिने इच्छा भएर स्तरीय होटेल खोलेको हुँ ।’ उनले जानकारी दिए । उनले थप योजनामा सुनाउँदै भने– ‘थप रुम विस्तारसहित, एउटा स्वीमिङ पुल र ब्याङक्वीट थप्ने तयारी छौँ ।’
होटेल एसोसिएसन इटहरीका अध्यक्ष जीवन पराजुलीले स्तरीय होटेलको आगमनसँगै इटहरीको साख बढेको बताए । ‘इटहरीमा स्तरीय होटेल छैनन् भन्ने भ्रमलाई यस्ता होटेलले चिर्नेछ ।’ उनले भने– ‘आधुनिक सहरको विकाससँगै पर्यटकको रोजाइ अनुसारका होटेल आवश्यक छन् ।’
इटहरीमा साना ठुला गरी ४ सय बढी होटेल रहेको तथ्याङ्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved