प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले हिजो संविधान मान्दैनौ भन्दै जलाउनेहरु आज एउटै थलोमा आइसकेकाले सबै पक्ष देशको सम्वृद्धि, विकास र खुशीको युग मा एकढिक्का भएको बताएका छन् ।भोजपुरको गौरवको योजना मानिएको भोजपुर सदरमुकामदेखि एयरपोर्ट जोड्ने सडकको कालोपत्रे गर्ने कामको शिलान्यास गर्न गृह जिल्ला आइपुगेका मुख्यमन्त्री राईले संविधानप्रति असन्तुष्टि जनाउनेहरु, छुट्टै मधेश राज्यको माग गर्नेहरु आज सहमतिको बाटोमा आइसकेकाले अब उपलब्धीका दिन शुरु भएको बताउँदै संघीयताको संरचनाले गाउँलाई नै अधिकार सम्पन्न बनाएर गाउँमै रोजगार दिने, विकास गर्ने लगायतका काममा राज्य लागेकाले अब कसैले निराशविप्लव नेतृत्वको नेकपा माओवादीप्रति लक्षित गर्दै उनले भने ‘अहिले एउटा सानो समूह संविधान वाहिर गएर हतियार र आतंकको राजनीति गरिरहेको छ, यो विल्कुलै गलत काम हो अहिले कुनै राजा महाराजा नभएको र सबै जनता मालिक भएको संघीय गणतन्त्रात्मक व्यवस्थालाई छाडेर कुन विकल्प खोजिदैछ ?’ मुख्यमन्त्री राईले उनीहरु पनि तत्काल गलत बाटो छाडेर विकास, शान्ति र सम्वृद्धिको मुलबाटोमा आउने विश्वास व्यक्त गरे । हुनुपर्ने विषय नरहेको मुख्यमन्त्रीको भनाइ थियो ।मुलुकमा नयाँ व्यवस्थाको शुरुवातीको पहिलो वर्ष अनुभव गर्दा गर्दै वितेकाले यो वर्षदेखि दु्रत गतीमा प्रदेश सरकारको काम अघि बढ्ने मुख्यममुलुकमा नयाँ व्यवस्थाको शुरुवातीको पहिलो वर्ष अनुभव गर्दा गर्दै वितेकाले यो वर्षदेखि दु्रत गतीमा प्रदेश सरकारको काम अघि बढ्ने मुख्यमन्त्रीले बताए । उनले भने ‘अझै प्रदेश सरकार र स्थानीय तहबीचका केहि सम्बन्धलाई हामीले कानुनी रुपमा स्पष्ट पार्न बाँकी छ त्यसलाई यो वर्षभित्र पुरा गर्छौ ।’ प्रदेशलाई सम्वृद्ध र नमुना प्रदेश बनाउन दीर्घकालीन कार्ययोजना बनिरहेको भन्दै त्यसलाई छिट्टै सार्वजनिक गर्ने उनको भनाइ छ ।न्त्रीले बताए । उनले भने ‘अझै प्रदेश सरकार र स्थानीय तहबीचका केहि सम्बन्धलाई हामीले कानुनी रुपमा स्पष्ट पार्न बाँकी छ त्यसलाई यो वर्षभित्र पुरा गर्छौ ।’ प्रदेशलाई सम्वृद्ध र नमुना प्रदेश बनाउन दीर्घकालीन कार्ययोजना बनिरहेको भन्दै त्यसलाई छिट्टै सार्वजनिक गर्ने उनको भनाइ छ ।जेठ १५ मा आउने संघीय सरकारको बजेटमा सामाजिक सुरक्षा भत्तामा उत्साहजनक वृद्धि हुने बताउँदै ५ वर्षे आफूहरुको कार्यकालभित्र चुनावी घोषणापत्रमा वाचा गरे अनुसार वृद्धभत्ता ५ हजार पु¥याउने उनले प्रतिवद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved