विपद जोखिम न्यूनीकरण सम्बन्धि तालिम सम्पन्न

  • प्रकाशित मितिः बैशाख ८, २०७६
  • 1973 पटक पढिएको
  • समय अनलाइन

विपद जोखिम न्यूनीकरण सम्बन्धि तालिम सम्पन्न

अन्सार अन्सारी
हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ रामनगर भुटाहा मा विपद जोखिम न्यूनीकरण सम्बन्धि अनुशिक्षण एक दिने कार्यक्रम शनिबार तालिम सम्पन्न भएको छ ।

हरिनगर १ को आर्थिक सहयोग र तराई विकास परिषद नेपाल इनरुवा सुनसरी को आयोजना मा विपद जोखिम न्यूनीकरण सम्बन्धि अनुशिक्षण तालिम कार्यक्रम सम्पन्न भएको थियो ।

विपद जोखिम न्यूनीकरण सम्बन्धि अनुशिक्षण तालिममा आगलागी ,बाढीपहिरो,भुकम्प ,देविप्रकोप जस्ता विपद का बेला कसरी जोगिनु पर्ने र नेपाल भुकम्प ग्रस्त देश भएको हुनाले हामी भुकम्पको बेला कुन ठाउँ मा गएर बस्दा सुरक्षित रहन्छाैँ हाल नेपाल मा हवाहुरीले नेपाली जनताहरु लाई दु:ख दिएको ले यश बाट कसरी जोगिनु पर्ने भने वन वातावरण तथा विपद व्यवस्थापन धरान उपमहानगर पालिका का प्रमुख कार्यक्रम का प्रशिक्षक भेषराज घिमिरेले प्रशिक्षण दिनुभएको थियो ।

वन वातावरण तथा विपद व्यवस्थापन धरान उपमहानगर पालिका का प्रमुख प्रशिक्षक घिमिरेले प्रत्येक स्थानीय तहमा विपद सम्बन्धि नियम कानुन बनिसकेको र विपद व्यवस्थापन समिति गठन भइसकेको ,ग्रामीण भेगमा भुकम्प को खासै प्रभाव नपरेको यहाँ बाढीपहिरोबाट सबैभन्दा बढी सताइरहेको त्यस तर्फ बढी धियान दिनुपर्ने, बताएको थियो ।

विपदको बेला कुन कुन सामाग्री प्रयोग गर्दा आफू सुरक्षित रहनस्किन्छ ।कार्यक्रममा देवि प्रकोप विपद का सामाग्री लाइफ ज्याकेट १६ वटा ,बेल्चा ६ वटा ,कोदालो ६ वटा र डोरी १० केजी गरि २८ वटा सामाग्री प्रहरी चाैकी भुटाहा र शस्त्र प्रहरी बल सिमा बेस क्याम्प भुटाहा लाई हस्तान्तरण गरेको तराई विकास परिषद नेपाल इनरुवा सुनसरीका अध्यक्ष महेन्द्र प्रसाद मेहताले बताए ।

सो कार्यक्रममा हरिनगर १ का वडा अध्यक्ष अब्दुल लतिफ अन्सारी ,वडा सदस्य रवीन्द्र प्रसाद गुप्ता ,महिला वडा सदस्य कुलसुम खातुन ,रामवती देवी दास ,वडा सचिव डिम्पल देव ,हरिनगर गाउँपालिका का पंचिकरण शाखा का प्रमुख दिपेन्द्र मेहता,ओविसी पिछ्डा वर्ग हरिनगर १ का अध्यक्ष जियाउद्दिन अन्सारी ,बाल कृष्ण मा . वि. का प्र. अ. नरेस प्रसाद गुप्ता प्रहरी चाैकी भुटाहा का प्रमुख ,शस्त्र प्रहरी बल सिमा बेस क्याम्प भुटाहा का सइ कृष्ण बहादुर मगर स्थानीय संघसंस्थाहरुको प्रतिनिधि ,कृषकहरु ,सामाजसेवी ,बुद्धिजीवी गरि ४० जना को उपस्थितिरहेको आयोजकले जनाए । विपद जोखिम न्यूनीकरण सम्बन्धि अनुशिक्षण तालिम तराई विकास परिषद नेपाल इनरुवा सुनसरीका अध्यक्ष महेन्द्र प्रसाद मेहताको अध्यक्षता मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved