धर्म प्रचारको झुठो आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले ख्रीष्टिय समाज नेपालका महासचिव डिल्लीराम पौडेलसहित चार जना ख्रीष्टियानलाई आज विहान सात बजे दाङको घोराहीबाट पक्राउ गरेको छ ।
ख्रीष्टिय सुमदाय दाङका अध्यक्ष पास्टर शान्तबहादुर घर्तीका अनुसार गिरफ्तार हुनेहरुमा एनसीएस नेपालका महासचिव डिल्लीराम पौडेल, अमेरिकन नागरिक ओलेइना सिन्क्वान्टा, भारतीय नागरिक गौरब श्रीवास्तव र कुन्साङ तामाङ समाचार श्रोतका अनुसार घोराहीस्थित होटेल डोकोमा वसिरहेका पौडेलसहित चार जनालाई आज विहान सातबजे जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीले सोधपुछका लागि भनेर गिरफ्तार गरेका थिए । यो समाचार तयार पार्दासम्म उनीहरु रिहाइ भएका छैनन् ।
जिल्ला प्रहरी कार्यालय दाङले विना कारण उनीहरुलाई पक्राउ गरेपछि दाङस्थित ख्रीष्टिय समुदाय र ख्रीष्टिय समाजका ख्रीष्टियान अगुवाहरु आज विहानै प्रहरी कार्यालय परिसरमा भेला भएर रिहाइका लागि अनुरोध गरिरहेका छन् ।
अध्यक्ष घर्तीका अनुसार आज साँझसम्म पत्रकार सम्मेलन गरी घटनाको सत्य तथ्य जानकारी गराउँने बताउँनु भएको छ ।
दाङका चर्चहरुले उहाँहरुको रिहाइको लागि विश्व चर्चहरुलाई प्रार्थना गरिदिन अपिल समेत गरको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved