भूकम्पको जोखिम कमपरकम्पनले ठूलो

  • प्रकाशित मितिः वैशाख १२, २०७६
  • 1588 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं, वैशाख १२- चार वर्ष अघि २०७२ वैशाख १२ गते अर्थात् आजकै दिन गोरखा जिल्लाको बारपाक केन्द्र बनाए गएको शक्तिशाली भूकम्पको त्रास कायमै रहँदा बुधबार बिहान पनि पुनः झस्काएको 

काठमाडौँ आसपास क्षेत्रका कतिपय मानिस दौड्दै घर बाहिर आए भने कतिले आफ्ना बालबच्चा बोकेर दौडेको घटना सुनाए । जे होस् नेपालमा भूकम्पको जोखिम कायमै छ र ‘सचेत हुनुपर्छ है’ भन्ने सन्देश भूकम्पले दिइरहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार गएका दुईवटा भूकम्प गोरखा भूकम्पकै परकम्प हुन् । धादिङको नौबिसे केन्द्र भएर ५।२ रेक्टरको भूकम्प गएको केही समयपछि ककनी क्षेत्र केन्द्र भई ४।३ रेक्टर स्केलको अर्को परकम्पन गएको थियो । केन्द्रका सिस्मोलोजिस्ट मुकुन्द भट्टराई भन्नुहुन्छ, ‘‘बुधबार बिहान गएको भूकम्पचाहिँ २०७२ वैशाख १२ गते गएको भूकम्पको परकम्पन नै हो । बिहीबार भूकम्प गएको चार वर्ष पुग्दैछ भनेर यो परकम्पन आएको होइन । भूकम्प कहिले जान्छ भन्ने भन्न सकिँदैन । संयोग मात्रै हो ।’’ अर्का सिस्मोलोजिस्ट चिन्तन तिम्सिनाले काठमाडौँ नजिक केन्द्र भएकाले सबैलाई बढी चासो भएको हो तर यस्ता भूकम्प अन्य क्षेत्रमा पनि गइरहेका छन् । अन्यत्र जाँदा कम र काठमाडौँ नजिक जाँदा बढी चासो हुनु स्वाभाविक नै हो । सबैभन्दा बढी परकम्पन गएका क्षेत्रमा दोलखा र सिन्धुपाल्चोक क्षेत्र हुन् र त्यसपछि गोरखामा गएको केन्द्रले तथ्याङ्कमा छ । नेपालको चुरेको भूभागमाथि तिब्बतीय र भारतीय प्लेटको टकराव हुन्छ, त्यसले शक्ति पैदा गर्छ, त्यसले गर्दा यो क्षेत्र भूकम्पीय जोखिममा रहेको छ । शक्ति जम्मा हुने र क्षीण हुने चक्र हुन्छ र त्यसैले गर्दा भूकम्प जान्छ । नेपालको करिब आठ सय किलोमिटर क्षेत्र नै भूकम्पकीय क्षेत्रमा पर्छ । सामान्यतया परकम्पन जानुलाई राम्रो मानिन्छ जसले त्यस क्षेत्रमा ठूला भूकम्प जाने जोखिम कम हुने विज्ञहरू बताउँछन् । पश्चिममा महाभूकम्पको खतरा नेपालको पश्चिम क्षेत्रमा भूकम्प जान्छ भनेर भूकम्पविद्हरूले सचेत गराइरहेका छन् । त्यो भूकम्प कति समय पछि कुन मात्राको जान्छ भनेर नसकिने विज्ञहरूको भनाइ छ । नेपालको पूर्वी, मध्य र पश्चिम क्षेत्रको अध्ययन गर्दा मध्य नेपालमा ८० देखि सय वर्षको अवधिमा ठूला भूकम्प गएको पाइन्छ । सिस्मोलोजिस्ट भट्टराईका अनुसार, ‘‘ पश्चिम नेपालमा सन् १५०५ पछि ठूलो भूकम्प भएको छैन । कति वर्षपछि फेरि अर्को भूकम्प जान्छ भनेर भन्न सक्ने तथ्याङ्क छैन । विभिन्न अध्ययनका अनुसार, पश्चिम नेपालमा धेरै शक्ति सञ्चय भएको देखाउँछ, यस क्षेत्रमा महाभूकम्प जाने सम्भावना छ ।’’ काठमाडौं उपत्यकाको दक्षिणी क्षेत्रमा पनि लामो समयदेखि शक्ति सञ्चय भइराखेको छ । सन् १८३३ मा गएको भूकम्पले पनि त्यस क्षेत्रको शक्तिलाई पूरै शक्ति बाहिर नगएको ठानिन्छ । गोरखा भूकम्पले पनि यस क्षेत्रको शक्तिलाई बाहिर निकाल्न सकेन । त्यही क्षेत्रमा भूकम्प गएर शक्ति बाहिर जान्छ कि अन्य क्षेत्रमा भूकम्प गएर शक्ति बाहिर जान्छ भन्न सकिँदैन । भट्टराईले भन्नुभयो, ‘‘गोरखा भूकम्पपछि गोरखादेखि सिन्धुपाल्चोकसम्मको क्षेत्रमा सञ्चय भएको शक्ति बाहिर गएको छ, त्यसैले यस क्षेत्रमा तत्कालै ठूलो भूकम्प नजाला ।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved