उमेश थापा
सभापती, नेपाल रेडक्रस सोसाइटी, सुनसरी
नेपाल रेडक्रस सोसाइटीको ४८ औ केन्द्रीय महाधिवेशन यही बैशाख २३, २४ र २५ गते धरानमा हुन गइरहेको छ । महाधिवेशनको आतिथ्य रेडक्रसको सुनसरी शाखाले गर्दैछ । महाधिवेशनमा सहभागी हुन ७७ वटै जिल्लाबाट रेडक्रसका प्रतिनिधी धरान आउने भएका छन् । महाधिवेशनले आगामी २ वर्षकालागी केन्द्रीय नेतृत्व चयन गर्नेछ । यसै सन्दर्भलाई लिएर महाधिवेशनको आतिथ्य गरिरहेको रेडक्रसको सुनसरी जिल्ला शाखाका सभापती तथा महाधिवेशन मूल समारेह समिति र स्टेयरिङ समिति संयोजक उमेश थापासँग औजारकर्मी केदार बस्नेतले गरेको कुराकानीको अंश ।
रेडक्रसको केन्द्रीय अधिवेशन कहिले र कहाँ हुदैछ ?
महाधिवेशन यही बैशाख २३, २४ र २५ गते धरान १३ नं. वडा स्थित ब्याङ्वेट हलमा हुदैछ ।
महाधिवेशनमा सहभागी हुन को–को आउँदै हुनुहुन्छ ?
महाधिवेशनमा सहभागी हुन देशभरीका ७७ वटै जिल्लाबाट जिल्लाका प्रतिनिधीहरु, केन्द्रीय कार्य समिति, केन्द्रीय सभासद्, प्रदेश समिति सभासद्, रेडक्रसका विभिन्न पार्टनर एशोसिएट तथा दातृ राष्ट्रका रेडक्रस प्रतिनिधी, आइसिआरसि, नेपाल सरकारका प्रतिनिधी, आइएफआरसि प्रतिनिधी, केन्द्रीय सचिवालयका प्रतिनिधी लगायत ४ सय भन्दा बढिको सहभागिता रहनेछ ।
यतिका अतिथीलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
अब सुनसरीमा महाधिवेशन गर्ने निर्णय भएदेखि नै हामी कार्यक्रम सफल बनाउन लागिरहेका छौ । सुनसरीमा गर्ने भनेपछि धरानमा गर्ने निर्णय भयो । अतिथिलाई राख्नकालागी धरानका प्रायः सबै होटलहरु बुक गरिसकेका छौं । होटलमा नै खान बस्नको प्रबन्ध हुनेछ ।
महाधिवेशनमा कति खर्च लाग्ने अनुमान गर्नुभएको छ र कसरी जुटाउनु भएको छ ?
महाधिवेशन सम्पन्न गर्नकालागी करिब ५० लाख रुपैया खर्च हुने अनुमान छ । त्यसमा केन्द्रले जम्मा ५ लाख दिएको छ, बाँकी सबै यहीबाट सहयोग जुटाउनु पर्ने हुन्छ । र जुटाइरहेका छौ ।
महाधिवेशन सम्पन्न गर्न तयारी कुन चरणमा पुगेको छ ?
तयारी अहिले युद्धस्तरमा भइरहेको छ । विभिन्न उपसमिति गठन भइसकेको छ भने ती उपसमितिले धमाधम काम गरिरहेका छन् । जसका लागी म आफैको नेतृत्वमा मूल समारोह समिति र स्टेयरिङ समिति, सुनसरी जिल्ला उपसभापती तिर्थकुमार सुवेदीको संयोजकत्वमा अतिथि सत्कार समिति, उपसभापति डम्बरप्रसाद सिग्देलको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, जिल्लाका मन्त्री मुकुल कायस्थको संयोजकत्वमा हल व्यवस्थापन समिति, कोषाध्यक्ष शिवराज श्रेष्ठको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, उपमन्त्री कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा स्मारिका प्रकाशन समिति साथै सदस्यहरु भद्रमान गुरुङको संयोजकत्वमा रिफ्रसमेन्ट समिति, रविनकुमार घिमिरेको संयोजकत्वमा रजिष्ट्रेशन समिति र श्याम पोखरेलको संयोजकत्वमा आवास व्यवस्थापन समिति गठन गरिएको छ ।
महाधिवेशनले क–कसलाई निर्वाचित गर्छ ?
महाधिवेशनले आगामी २ वर्षका लागी केन्द्रीय समिति निर्वाचित गर्छ । जसमा एक केन्द्रीय अध्यक्ष, एक महिला सहित २ उपाध्यक्ष, एकजना महामन्त्री, एक जना उपमहममन्त्री, एकजना कोषाध्यक्ष, एकजना उपकोषाध्यक्ष र ३ जना महिला सहित ३० जनाको केन्द्रीय कार्य समिति चयन गर्छ ।
किन धरान नै रोज्नुभयो महमधिवेशनको लागी ?
महाधिवेशन सुनसरीमा गर्ने निधो भएपछि हामीले धरान रोजेका हौ । धरान पर्यटकीय सहर भएको तथा बस्नका लागी मौसम अनुकुल रहेकोले पनि धरानमा नै कार्यक्रम गर्न सहयोग पुग्यो । धरानमा हाम्रो
(रेडक्रसको) महाधिवेशन गर्न आवास, कार्यक्रम हल, जनशक्ती लगायत सबै किसीमबाट धरानलाई रोजीएको हो ।
अन्य केही कार्यक्रम छ ?
रेडक्रसको महाधिवेशनमा सहभागी हुन आउनु हुने पाहुनालाई धरान र आसपरका पर्यटकीय क्षेत्रहरु भ्रमण गराउने कार्यक्रम छ । जस अन्तर्गत भेडेटार, चतरा, बराहक्षेत्र लगायतका पर्यटकीय स्थानहरुको
भ्रमण गराउने छौ । जसबाट आन्तरीक पर्यटन प्रबद्र्धन हुनेछ ।
अन्त्यमा के भन्नुहुन्छ ?
रेडक्रसको ४८ औ महाधिवेशन धरानमा सम्पन्न हुन गइरहेको छ ।
महाधिवेशन सफल पार्नकालागी धरानबसी लगायत विभिन्न राजनीतिक दलका नेता, संघ–संस्थाका प्रतिनिधी, प्रसासन तथा सञ्चारकर्मी मीत्रहरुलाई महाधिवेशन सफल पार्नका लागि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved