बसगुडिरहेकोअनियन्त्रित पसलमा छिर्‍यो, १ को मृत्यु, ८ घाइते

  • प्रकाशित मितिः वैशाख १४, २०७६
  • 1617 पटक पढिएको
  • समय अनलाइन

राजमार्गबाट अनियन्त्रित भई नजिकै रहेको चिया पसलमा छिरेको बसको ठक्करबाट शनिबार सप्तरीमा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका–९ मा दुर्घटना भएको हो।

पूर्व जाँदै गरेको को १ ख ४१२३ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको ना ५ ख ७९३७ नम्बरको यात्रु बस आफैं अनियन्त्रित भई दक्षिणतर्फको चिया पसल छिरेको थियो।

बसले ठक्कर दिएर कञ्चनरुप नगरपालिका–८ का करिब ६०÷६५ वर्षीय देवनारायण महतोको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

दुर्घटनामा चियापसले कञ्चनरुप–९ का ७० वर्षीय असर्फी मण्डलसहित कञ्चनरुप–९ का ४५ वर्षिय सुनरलाल महतो, मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय कुलबहादुर महत, पाचँथर मिक्लाजुङ गाउँपालिका–५ का ४५ वर्षीय पूर्णबहादुर लावती, बाराको अमलेखगञ्ज नगरपालिका २१ का ३७ वर्षीया शान्ती खड्का, उनका छोरा ४ वर्षीय सम्पूर्ण खड्का, अमलेखगञ्ज–२१ की लक्ष्मी गिरी र उनकी छोरी ७ वर्षीया आयुषा गिरी घाइते भएका छन्।

घाइते मध्ये चियापसले असर्फीको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि विराटनगर स्थित गोल्डेन अस्पताल पठाइएको छ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved