आवश्यक परे पत्रकार सडकमा उत्रन्छ'अध्यक्ष भन्छन्- सञ्चार

  • प्रकाशित मितिः वैशाख १९, २०७६
  • 1439 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रमा अहिलेसम्म संघीयता नआएको बताएका छन् । आवश्यक पर्‍यो भने पत्रकार महासंघ लोकतान्त्रिक दलहरुसँग मिलेर सडकमा पनि उत्रन सक्ने अध्यक्ष आचार्यको भनाइ छ ।

प्रेस स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा नेपाल पत्रकार महासंघले बुधबार काठमाडौंको बबरमहलदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गर्‍यो । सो कार्यक्रममा बोल्दै महासंघ अध्यक्ष आचार्यले सञ्चार क्षेत्रमा संघीयता अनुरुपको ढाँचा तयार हुन

महासंघका अध्यक्ष आचार्यले नेपालको सञ्चार क्षेत्रको समस्या यसरी औंल्याए-

हामी पत्रकार भनेका श्रमिक पनि हौं । हामी श्रम गर्छौं, तर श्रम गरेअनुसारको हामीले पारिश्रमिक, ज्याला पाएका

महासंघका अध्यक्ष आचार्यले नेपालको सञ्चार क्षेत्रको समस्या यसरी औंल्याए-

हामी पत्रकार भनेका श्रमिक पनि हौं । हामी श्रम गर्छौं, तर श्रम गरेअनुसारको हामीले पारिश्रमिक, ज्याला पाएका छैनौं ।

त्यसैगरी हामी स्वतन्त्रताको वकालत गर्छौं । पत्रकार महासंघ भनेको आफैंमा आन्दोलनको नाम हो । पत्रकार महासंघ स्थापना कालदेखि लोकतन्त्रका लागि लड्दै आएको छ । नागरिक अधिकारका लागि लड्दै आएको छ । राष्ट्रियताको पक्षमा पत्रकार महासंघले आवाज उठाएको छ । स्वतन्त्रताको हक अन्तरगत बाँच्न र लेख्न देऊ भनेर पत्रकार महासंघ पटक-पटक सडकमा आएको छ र अहिले पनि पत्रकार महासंघ आवश्यकता पर्‍यो भने सडकमा आउनका लागि तयार छ । किनभने, हामीले विधानमा नै स्पष्टसँग लेखेका छौं, जब-जब लोकतन्त्रमाथि संकट पर्छ, पत्रकार महासंघ लोकतन्त्रविना प्रेस स्वतन्त्रता सम्भव छैन भन्ने मान्यता राख्छ र लोकतान्त्रिक आन्दोलनमा सँगसँगै लोकतान्त्रिक दलहरुसँगै सडकमा पनि उत्रन्छ । यो पत्रकार महासंघको इतिहास हो ।

पत्रकार महासंघ आगामी दिनमा पनि प्रेस स्वतन्त्रताको अभियानमा, नागरिक स्वतन्त्रताको अभियानमा, लोकतन्त्रको अभियानमा अझ सबल ढंगले अगाडि बढ्छ ।

देशमा राज्यको पुनसंरचनासँगसँगै सञ्चार क्षेत्रको पुनसर्ंरचना अहिले पनि भएको छैन । सञ्चार क्षेत्रमा अहिले पनि संघीयता आएकै छैन । अहिले पनि सञ्चार क्षेत्रका कुनै पनि संरचनाहरु संघीय ढाँचा अनुरुपका छैनन् । त्यसैले, देशको सञ्चार क्षेत्रलाई संघीय ढाँचामा लानका लागि, सिंगै सञ्चार क्षेत्रको पुनर्संरचना गर्नका लागि, तीनै तहले बनाउने सञ्चारसम्बन्धी नीति र कानुनहरु प्रेस स्वतन्त्रतामैत्री बनाउनका लागि आवाज उठाउनुपर्ने छ ।

सिंगो सञ्चार क्षेत्रलाई संघीय ढाँचामा लगेर स्वरोजगारमूलक साना लगानीका र दुर्गम क्षेत्रमा सञ्चालित सञ्चार माध्यमहरुको प्रवर्द्धन र विकासका लागि पनि पत्रकार महासंघले आवाज उठाउनुपर्ने छ । यी सबै मुद्दाहरुमा पत्रकार महासंघ सबै सरोकारवालाहरुसँग सँगसँग्ौ अघि बढ्न चाहन्छ । सिंगो मिडिया क्षेत्रलाई पुनसंरचना गर्ने र यसलाई पूर्णरुपमा समावेशी बनाउने हाम्रो उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved