आचार्य श्रीनिवास पूर्पक्षका लागि थुनामा

  • प्रकाशित मितिः जेठ १७, २०७५
  • 1000 पटक पढिएको
  • Prakash

मुलुकमा साम्प्रदायिक द्वन्द्व सिर्जना गर्न आफैँलाई गोली हान्न लगाउने आचार्य श्रीनिवास अर्थात् दिनेशप्रसाद पण्डितलाई बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । 

 

जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को क बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो । 

 

श्रीनिवासलाई सुनसरी जिल्लाको क्षेत्रीय कारागार झुम्कामा राख्ने निर्णयसमेत भएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । आचार्यले भने आफूले आफैँमाथि गोली प्रहार गर्न नलगाएको बताएका छन् ।  

आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवनको भरतपुर महानगरपालिका बेलचोकका बस्ने २९ वर्षीय रोशन भन्ने माधव चौधरी र गोली र पेस्तोलको व्यवस्था गर्ने नवलपरासीको गैँडाकोट नगरपालिका–५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ । 

 

जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले मुलुकी ऐनको अदालती बन्दोबस्तको ११८ को दफा २ अनुसार चौधरी र अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो । 

 

विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएका आचार्य चैत २५ गते बिहान १ः४५ बजे शौचालय गर्न कोठाबाट बाहिर निस्केको अवस्थामा भएको गोली प्रहारबाट घाइते भएका थिए । उनी न्यूरो अस्पताल विराटनगरमा २१ दिन उपचार गराएर काठमाडौँ गएका थिए । 

 

प्रहरीको विशेष अनुसन्धान टोलीले वैशाख २४ गते बिहान आचार्यलाई काठमाडौँको गौशाला क्षेत्रबाट पक्राउ गरेको थियो

  

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved