सरकारले संसदमा पेश गरेको काउन्सिल सम्वन्धी विधेयकको प्रेश युनियन

  • प्रकाशित मितिः जेठ १, २०७६
  • 1436 पटक पढिएको
  • समय अनलाइन

इटहरी - स्वतन्त्र मिडियालाई अंकुश लगाउने गरी नेपाल सरकारले संसदमा पेश गरेको काउन्सिल सम्वन्धी विधेयकको प्रेश युनियन सुनसरीले बिरोध गरेको छ। बिधेयक तत्काल फिर्ता गर्ने माग गदै प्रेस युनियन सुनसरीले मुखमा पट्टी बाँधेर एउटा मात्र खुट्टा टेकेर प्रदर्शन गरेको हो।

बोल्न र खेल्न नदिने बिधेयक ल्याएको भन्दै प्रेश युनियन सुनसरीले मुखमा कालो पट्टी बाँधेर र एक खुट्टा उचालेर इटहरी चोकमा प्रदर्शन गरेको हो। सरकारले बोल्न र हिड्न समेत नदिने नियम लगाउन खोजेको भन्दै सरकारले मिडियालाई अपाङ्गता भएको जस्तो बनाउन खोजेको युनियनको आरोप छ।
हिड्न बोल्न र लेख्ने बिषयमा सरकारले बिरोध गरेको भन्दै यसरी आन्दोलन गरेको प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले बताएका छन्। प्रेस स्वतन्त्रता हनन गर्ने गरी, संबिधानको मुल मर्म बिपरित तथा अन्तराष्ट्रिय अभ्यासको समेत बिपरित हुने किसिमले ल्याउने कुनैपनि कानुन पत्रकारलाई मान्य नहुने प्रदर्शनमा सहभागी पत्रकारहरुले बताएका हुन्। उनीहरुले तत्काल विधेयक फिर्ता नलिए सुनसरीबाटै शशक्त आन्दोलनको कार्यक्रम गर्ने बताएका छन्।
प्रदर्शनमा नेपाल पत्रकार महासंघका प्रदेश नम्बर एकका अध्यक्ष बिक्रम लुईटेल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्कालगायतको समेत उपस्थिती थियो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved