बेलबारी साहित्य विकाश समिति द्वारा कला तथा साहित्य महोत्सवको आयोजना

  • प्रकाशित मितिः जेठ १२, २०७६
  • 1345 पटक पढिएको
  • समय अनलाइन

 

 

बेलबारी नगरपालिका स्थित रहेको बेलबारी साहित्य विकाश समितिले ११ अौ गणतन्त्र दिवशको अवशरमा कला तथा साहित्य महोत्सव २०७६ को पहिलो दिनको उदघाटन कार्यक्रम सम्पन्न गरेको छ।
साहित्य विकाश समिति कि अध्यक्ष रेखा सुवेदीको अध्क्षयतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा बेलबारी नगरपालिका का नगर प्रमुख श्री ज्ञानेन्द्र सुवेदी र अतिथिहरुमा बेलबारी नगरपालिका वार्ड नम्वर ११ का वडा अध्यक्ष श्री याम बहादुर पोख्रेल" राजन" वरिष्ठ साहित्यकार डा. बद्री विशाल पोख्रेल, झोडाहाट नाट्य समुहका अभियन्ता भरत गुराँगाई, कथाकार बद्री प्रसाद अधिकारी,साहित्यकार ईरन राई, युनाईटेड युथ कल्वका अध्यक्ष अजित अधिकारी, समाजसेवी धर्मराज राई, किरण कार्कि, संगितकार जे. वि. थुलुङ, साहियकार यज्ञ प्रसाद सुशेली लगायत झापा, मोरङ, शुनसरी, धनकुटा आदी जिल्लाहरु बाट साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो।
स्वर्गिक मार्ग बेलबारी वार्ड नम्वर ११ लक्ष्मीमार्ग को सभाहलमा आज जेष्ठ १० गते उदघाटन भएको कार्यक्रम भोलि ११ गते सम्म संचालन भई बेलबारी नगरपालिकाको सभाहलमा समापन
गरिने भएको छ।
कला तथा साहित्यिक महोत्सवमा चित्रकला प्रतियोगिता र प्रर्दशनी बहुभाषी साहित्य गोष्ठी , स्रष्टा का पुस्तक लोकार्पण, साहित्यिक रचना वाचन साथै साहित्य विकाश समितिको ओएभ साईड तथा अनलाईन पत्रिका समेत को ओपनिङ गर्ने बेलबारी साहित्य विकाश समितिका सचिव धनजित पराजुलीले बताए।
नेपाली कला ,संस्कृति र साहित्य को श्रीवृद्धी र विकास का लागि स्थापित यश संस्थाले आफ्नो स्थापनाकाल देखि नै ससक्त रुपमा कला, साहित्य र संस्कृति को क्षेत्रमा सकरात्मक र रचनात्मक कार्यहरु गर्दै नयाँ प्रतिभाहरुको खोजि लाई तिव्रता दिदै आईरहेको छ।
संस्था स्थापनाकाल को पहिलो समयमा बेलबारी नगर आसपास क्षेत्रलाई मात्र लक्षित गरि साहित्यिक क्रियाकलाप गरेता पनि अब भने प्रविधिको विकाशलाई प्रयोगगरि राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा समेत यश संस्थाले गर्ने हरेक कार्यहरु लाई विस्तार गर्दै जाने योजना रहेको संस्थाका पदाधिकारीहरु बताउछन्।
त्रैमासिक रुपमै भएपनि स्तरिय साहित्यिक पत्रिका " निगुरो" प्रकाश गरि देशभरिका साहित्यकारहरुको लेख रचनाहरु प्रकाशन गर्दै आईरहेको र अघिल्लो समय यश संस्थाले नगर आसपास क्षेत्र का विभिन्न लोपोन्मुख जातजाति हरु को मात्रि भाषामा साहित्यिक लेखन र वाचन जस्ता महत्वपुर्ण गतिविधीहरु संचालन गर्दै विभिन्न फरक फरक स्थानमा साहित्यकारहरु लाई भेला गराई साहित्यिक परिक्रमा कार्यक्रम समेतको आयोजना गर्दै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved