इटहरी जुनियर जेसीजको आयोजनामा ब्रेन ट्युमर पीडित इटहरी निवासी अनिसा सापकोटालाई बचाउनका लागि पानीपुरी बेचेर सहयोग जुटाउन थालेका छन् ।
बुधबार तरहरा, पचरुखी र इटहरीको रेयुकेआई चौतारीमा पानीपुरी बेचेर सहयोग जुटाएका हुन् । तरहरामा इटहरी जुनियर जेसीजका उपाध्यक्ष मौसम घिमिरे, बिबिका दाहाल र सदस्य फुजा फुयाँलले पानीपुरी बेचेर पीडित सापकोटालाई बचाउनका लागि सहयोग जुटाएका हुन् ।
सापकोटाको हाल पाटन अस्पतालमा उपचार भईरहेको छ । उनी इटहरीको शुष्मा कलेजबाट आईटि पास गरेकी थिईन् । ब्रेन ट्युमर भएपछि उनलाई उपचारका लागि दैनिक ६५ हजार लाग्ने परिवार स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved