कस्तो रहेछ बजारमा रोजगारदाताको मा

  • प्रकाशित मितिः जेठ २१, २०७६
  • 1120 पटक पढिएको
  • समय अनलाइन

गर्दे प्रदेश १ बाट प्रदेश संयोजक छन्। सुनसरीका आधा दर्जन संस्थामा आबद्ध अधिकारीले सञ्चालन गरेको पाथिभरा जब लिंक प्रालि यतिबेला बेरोजगार युवाका लागि वरदान सावित भएको छ। विभिन्न उद्योग, कलकारखाना, कम्पनी, संघसंस्था, सेक्युरिटीलगायत क्षेत्रमा कर्मचारी व्यवस्थापन गरिदिने उद्देश्यले सुरु गरिएको पाथिभरा जब लिंकका कार्यकारी प्रमुख उनै अधिकारीसँ 

पत्रकारिता गर्दा गर्दे विज्ञापन एजेन्सी खोल्नुभयो। फेरि पाथिभारा जब लिंक प्रालि सञ्चालनमा ल्याउनुभएको छ। यसको उद्देश्य के छ?

मैले पत्रकारिता छाडेको होइन। बजारको बारेमा बुझ्दै गर्दा विज्ञापनको पहुँचमा पुग्न नसक्नेका लागि सहज विज्ञापन सेवा दिन पाथिभरा एडभरटाइजिङ प्रालि सञ्चालनमा ल्याएको हँु। विज्ञापन एजेन्सी सञ्चालन गरेको पनि ५ वर्ष पुग्यो। यहीँ बिचमा विभिन्न कम्पनीमा विज्ञापन माग्न जाँदा कर्मचारी नपाएको गुनासो सुने ती गुनासोको थोरै भए पनि हल गर्न सक्छु कि भनेर जब लिंकको सुरुवात गरेको हुँ। पाथिभरा जब लिंक रोजगारीको खोजीमा रहेका बेरोजगार युवालाई रोजगारी दिने र रोजगारदाता कम्पनीका लागि योग्य र दक्ष जनशक्ति प्रदान गर्ने संस्था हो। रोजगारीको खोजीमा रहेको ठूलो जमात बजारमा छ भने योग्य र दक्ष जनशक्तिको अभाव उत्तिकै छ। तसर्थ यो बिचको खाडल पुर्ने र रोजगारी खोज्नेलाई रोजगारी दिने र कामदार खोज्नेलाई दक्ष र योग्य कामदार उपलब्ध गराउने संस्था हो।

कस्तो रहेछ बजारमा रोजगारदाताको माग?

हरेक रोजगारदाता कम्पनी नाफाकै लागि खुलेका हुन्छन्। उनीहरूको मुख्य ध्येय नाफा कमाउने हुन्छ। नाफा कमाउन बजारमा प्रतिस्पर्धा जरुरी छ। प्रतिस्पर्धामा अरुभन्दा फरक र अब्बल भएमात्र कुनै पनि कम्पनी र उत्पादन सफल हुन्छ। त्यसका लागि सबैले दक्ष जनशक्ति खोज्ने नै हो। दक्ष जनशक्तिको यहाँ ठूलो अभाव छ। हामीले रोजगारदाता कम्पनीले खोजेको जनशक्ति दिन सकिरहेकै छैनौँ। हामीलाई अहिले पनि विभिन्नखाले कम्पनीका लागि प्रदेश १ मा मार्केटिङ गर्न सक्ने दक्ष व्यक्तिको खाँचो छ। त्यति मात्र नभएर लेखा तथा व्यवस्थापनमा दक्षता हासिल गरेका व्यक्तिको खाँचो छ। बजारमा जहिले पनि माग भइरहेको हुन्छ। कर्मचारी चाहियो रोजगारदाता कम्पनीबाट माग आउँछ तर हामीले मागेबमोजिम जनशक्ति दिन सकिरहेका छैनौं, त्यसको प्रमुख कारण दक्षता हासिल हुन सकेन। योग्यता मात्र हेरेर हामीले कतिपय जनशक्ति काममा पठाउँदा काम गर्न नसकेर भाग्ने अवस्था छ।

जनशक्तिको माग र जागिर खोज्नेबीचको अवस्था कस्तो छ?

बजारमा दक्ष जनशक्तिको माग छ। रोजगारदाता कम्पनीले अनुभवी, मेहनती र योग्य मानिस खोजिरहेको हुन्छ। तर, नेपालमा पढेका तर कुनै पनि क्षेत्रमा दक्षता नभएका व्यक्ति बढी छन्। उनीहरू जागिरको खोजीमा त छन् तर आवश्यक योग्यता र दक्षताको अभाव छ। तसर्थ हामीले रोजगारदाताले खोजेजस्तो जनशक्ति प्रवाह गर्न सकेकै छैनौँ। हामीसँग सम्पर्कमा जागिर खान आउनेमध्ये धेरैजना भरसक कार्यालयमै बसी काम गरेर तलब पाक्ने जागिर खोज्दै आउँछन्।

अहिलेसम्म रोजगारी खोज्दै आउने कतिलाई जागिर दिनुभयो?

हामीले कम्पनी सुरु गरेयता ३ महिनाको अवधिमा निकै जनालाई रोजगारी दिन सफल भएका छौँ। हामीसँग अहिले धेरै संख्यामा बेरोजगार युवा सम्पर्कमा छन् तर उनीहरूको योग्यता र क्षमताको आधारमा हामीले रोजगार उपलब्ध गराउन सकेका छैनौँ। मैले अघि पनि भने दक्ष जनशक्तिको ठूलो अभाव छ। रोजगारदाता कम्पनीले खोजेको जनशक्ति हामीले उपलब्ध गराउन सकेकै छैनौं। सामान्य भए पनि लेखपढ भएको र कुनै विषयमा दक्षता हासिल गरेका व्यक्तिलाई हामीसँग सम्पर्कमा आएकै दिन जागिर दिएका उदाहरण छन्।

तपाईहरू आफैँ जागिर दिने हो कि खोजिदिने हो?

हामीकहाँ रोजगारदाताले यस्ता कामदार आवश्यक छ भनेर जानकारी गराउँछन्। कतिपय ठाउँमा हामी आफैँ गएर विवरण पनि ल्याउँछौं। त्यसपछि हामीले काम खोज्नेहरूको व्यक्तिगत विवरण पल्टाउँछौं। त्यसैको आधारमा हामीले काम खोज्नेलाई उनीहरूको योग्यता क्षमताले भ्याउने ठाउँमा रोजगारीका लागि सिफारिस गर्छौं। इच्छुक व्यक्तिले आफ्नो व्यक्तिगत विवरण घरैमै बसी हाम्रो वेबसाइट लग अन गरेर वा फेसबुक पेजबाट पनि पठाउन सक्नुहुन्छ।

काम दिएबापत केही शुल्क त लिनुहुन्छ होला नि?

हामीले सेवा दिएबापत सामान्य शुल्क लिन्छौँ। हामीले रोजगारी दिएबापत महिनाबारी रूपमा कुनै शुल्क लिनेगरेको छैन। शुल्क लिए पनि हामीले काम गर्न जब लिंकमार्फत जानेका लागि भनेर जब लिंक आफैंले खर्च ब्यहोरेर ५ लाखसम्म बिमा गरिदिने योजना ल्याएका छौं। कामसँगै उहाँको जीवनलाई पनि कसरी सुरक्षित गर्न सकिन्छ भनेर हामीले नि:शुल्क बिमा योजना अघि सारेका हौं।

कुन कुन क्षेत्रमा कामदार उपलब्ध गराउनुहुन्छ?

उद्योग, कलकारखाना, कम्पनी, संघसंस्था, सेक्युरिटी गार्ड लगायत सबै क्षेत्रमा मागअनुसार कामदार उपलब्ध गराउँछौँ। कतिपय कम्पनी र संघसंस्थासँग त हामीले टाईअप गरेरै काम गरिरहेका छौँ। हामीले इटहरीको नाम चलेको अरुण सेक्युरिटीसँग सम्झौता गरेर सेक्युरिटी गार्ड सप्लाई गर्न थालेका छौं। अरुण सेक्युरिटी कम्पनी प्रदेश १ का लागि अत्यन्तै पुरानो र विश्वासिलो कम्पनी हो।

व्यावसायिक सफलताका लागि के आवश्यक छ?

म सफल भएको छैन। कर्म गरिहरेको छु। रात दिन नभनेर संघर्ष गरिरहेको छु। कुनै दिन अवश्य सफल हुन्छु भन्ने विश्वासमा छु। व्यावसायिक सफलताका लागि सबैभन्दा पहिलो कुरा आत्मविश्वास हो। निरन्तरको मेहनत र संघर्षबाट प्राप्त हुने चिज नै सफलता हो। तसर्थ अविचलित रूपमा सत्कर्मको बाटो अपनाएर काम गरियो भने सफलता खोज्न कहिँ भौतारिनु पर्दैन।

काम गर्दा चुनौती पनि त होलान?

धेरै चुनौती छन्। चुनौतीबिनाको कुनै पेसा र क्षेत्र हुँदैन। जहाँ पनि प्रतिस्पर्धाको बजार छ। एउटाको बजार बिगार्नका अर्कोले काम गरिरहेको हुन्छ। अरुलाई गलत देखाएर आफू सही भन्दै गलत स्वार्थ लुटिरहेको हुन्छ। तसर्थ त्यस्ता गलत मानसिकता बोकेकालाई सामाजिक रूपमा बहिष्कार गर्दै सकारात्मक सोचका साथ सबैले अघि बढनु जरुरी 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved