इटहरी । इटहरीमा पत्रकारहरुले मानव साङ्लो प्रदर्शन गरेका छन् ।
संसदमा प्रस्तुत भएको मिडिया विधेयकको विरोधमा शनिबार मानव साङ्लो प्रदर्शन गरेका हुन् । कार्यक्रममा सुनसरी, मोरंग, झापालगायत जिल्लाका पत्रकारहरुको सहभागिता थियो ।
सरकारले प्रस्तुत गरेको विधेयकले पत्रकारको स्वतन्त्रता संकुचित गरेको आरोप पत्रकारहरुको छ । विधेयकको विरोधमा पत्रकार महासंघको केन्द्रिय समितिले लामो समयदेखि विरोधका कार्यक्रम गर्दै आएको छ ।
यस्तै शनिबार नै इटहरीका मेयर द्वारिकलाल चौधरीले पत्रकारमाथि दुव्र्यवहार गरेको विषयमा बुझ्न आएको मिसन टोलीले छलफल सुरु गरेको छ ।
छलफलमा सहभागि सुनसरीभरीका पत्रकारहरुले इटहरीमा पत्रकारिताको लागि सहज वातावरण बनाउन माग गरेका थिए । यस्तै पत्रकारिताभित्र रहेका समस्या र कमजोरीहरु सुधार्नुपर्नेमा समेत जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved