बेचिन लागेका २ महिलाको उद्धार

  • प्रकाशित मितिः जेठ २९, २०७६
  • 2571 पटक पढिएको
  • समय अनलाइन

 सुनसरीको भण्टाबारी नाका हुँदै भारतमा बेचिन लागेका २ जना महिलाको उद्धार गरिएको छ । घरको काममा लगाइदिन्छु भन्दै भारतको दिल्लीमा बेच्न लाँदै गरेको अवस्थामा भारतीय एसएसबीको सहयोगमा सीमा सशस्त्र प्रहरी बल भण्टाबारी र मानव अधिकारकर्मीको संयुक्त टोलीले २ जना नेपाली महिलाको उद्धार गरेको हो ।

फोन सम्पर्कमार्फत् चिनजान गरी २ जना महिलासँगै दिल्ली जान तयारी अवस्थामा भएको बखत एक दलाललाई नियन्त्रण लिएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर भण्डारीले जानकारी 

इटहरीबाट २ जना महिला र एकजना दलालसँगै अर्का एकजना पुरुषले भण्टाबारी नाका हुँदै भीमनगरबाट दिल्ली जान बसमा चढ्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको बिओपी भण्टाबारीका सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए ।

दिल्लीमा घरको काममा लगाइदिन्छु भन्ने प्रलोभन देखाई मोरङ बिराटचौक नगरपालिका–१० बस्ने २३ वर्षीया शेषकुमारी अधिकारीले मोरङ पथरी नगरपालिका–१ की ३५ वर्षीया कोपिला पोखरेल र बुटवल महानगरपालिका–६ रुपन्देही स्थायी घर भई हाल काठमाडौं कपन बस्दै आएकी ३४ वर्षीया कुन्ती ठकुरी लाई बेचबिखन गर्न लाँदै गर्दा उनीहरूको उद्धार गरिएको मानवअधिकारकर्मी शिवेन्द्र कर्णले जानकारी दिए ।

बेचबिखन गर्ने उद्देश्यले ती महिलाहरूलाई भारततर्फ लैजाँदै गरेको जानकारी पाएपछि उनीहरूलाई भारतीय एसएसबीका इन्स्पेक्टर घनश्याम पासवान नेतृत्वको सहयोगमा सशस्त्र प्रहरीसहित उद्धार गरेको कर्णले बताए ।

भारतमा उद्धार गरिएकोले आवश्यक कानूनी प्रक्रिया पु¥याई उनीहरूलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाउने बिओपी भण्टाबारीका सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए । काठमाडौं र इनरुवाका दलालहरूमार्फत् शेषकुमारी अधिकारीको सम्पर्कमा ती २ जना महिला आएको उनले बताए ।

इनरुवादेखि भारतको भीमनगरसम्म उनीहरूलाई पुर्याउने एकजना पुरुष भागेको भण्डारीले बताए । उद्धार गरिएका महिलाद्वयले आफूहरूले कसैलाई नचिनेको र काममा लगाइदिने प्रलोभनमा भारतमा जान लागेको बयान दिएको भण्डारीले बताए ।

भीमनगरबाट उद्धार गरिएका ती दुवै महिला श्रीमान्सँग अलग्गै बस्दै आएको बयान दिएका छन् । १ छोराकी आमा कोपिला अधिकारीले १६ वर्षदेखि श्रीमान्बाट अलग्गै बस्दै आएको र ३ छोरीकी आमा कुन्ती ठकुरीले १ वर्षअघि श्रीमान्सँग सम्बन्धविच्छेद गरेको भनी बयान दिएको सशस्त्र प्रहरी इन्स्पेक्टर भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved