व्यवसायीले रुचाएका विष्णु रिजालइटहरीका इटहरीका

  • प्रकाशित मितिः असार ४, २०७६
  • 2283 पटक पढिएको
  • समय अनलाइन

समाजसेवी भावना र विकासबादि सोच भएका रिजाल वाल्यकाल देखि व्यवसाय तर्फ आकर्शीत थिए । तत्कालीन समयमा इच्छाशक्ति भए प्रगति टाढा छैन् भने झै इटहरी उपमहानगरपालिका ६ निवासी विष्णु रिजाल लगनशिलता र इच्छाशक्तिकै कारण आज पुर्वी नेपालको व्यवसायी क्षेत्रमा कुशल व्यवसायी बनेका छन् । समाजसेवी भावना र विकासबादि सोच भएका रिजाल वाल्यकाल देखि व्यवसाय तर्फ आकर्शीत थिए । तत्कालीन समयमा रिजालका हजुरबुवाले इटहरीमा काठ मिल संचालन गरेका थिए । हजुबुुवाले थालेको व्यवसायीक यात्रालाई निरन्तरता दिदै आएका रिजालले समय सँगै व्यवसाय लाई पनि परिवर्तन गरे । उनले इटहरीमा बजार बढे सँगै बजारमा पार्टी प्यालेस आवश्यक्ता रहेको महशुस गरे । त्यस पश्चात रिजालले हजुरबुवाको काठ मिल संचालन गरेको स्थानमा इटहरीमै पहिलो पार्टी प्यालेस संचालन गरे । उनले संचालन गरेको सरस्वती पार्टी प्यालेस स्थापना देखी आजसम्म सबैको रोजाइमा पर्दै आएको छ । उनले संचालन गरेको सरस्वती पार्टी प्यालेस उनको पहिलो व्यवसायीक यात्रा भने होइन । १६ बर्षको उमेरदेखि व्यवसायमै हात हालेका रिजालले लामो कडा परिश्रम र मेहनत गरेका छन । रिजाल सँग युवा अवस्थामानै २०४८ सालमा ललिता राईस ओएल एण्ड स—मिल सञ्चालन गरेका अनुभव छ ।लगनशिलताका कारण उनले आफनो व्यवसायमा सफलता हात पारे । रिजाल हरेक समय सरल र शालील देखीन्छन । उनको शालीनता र मदुभाषी व्यवहारका कारण पनी सबैको नजरमा परेका छन । जसको फल स्वरुप उनले व्यवसायमा सफलता पनी पाप्त गर्दै आएका छन । उनी आफु मात्र सफल हैन सबैलाई सफल बनाउने अभियानमा जुटेका छन । रिजालले आफ्नो व्यवसाय लाई पनि विस्तार गर्दै आएका छन् । इटहरीमा कुनै ठुलो कार्यक्रम गर्नुपर्यो भने सबैले एक पटक विष्णु रिजाल लाइनै सम्झन्छन अर्थात उनले संंचालन गर्दै आएको रिजाल भिजन पार्टी प्यालेस । उनको व्यवसायीक यात्रा त्यतीमा मात्र सिमीत छैन पछिल्लो समय रिजालले युवाहरुलाई लक्षित गर्दै इटहरीमानै ट्रफ स्पोर्ट्स वार तथा एसडी फुडसल स्थापना गरेका छन । करीब ४० लाखको लगानीबाट सुरु गरेको व्यवसाय अहिले १० करोडको हाराहारी पुगेकोले आफू व्यवसायिक क्षेत्रमा सफल भएको समेत उनी बताउँछन् ।
इच्छाशक्ति अनि मेहनतकै कारण अहिले नाम, दाम र काम सबै राम्रै भएको उनी बताउँछन् । रिजाल व्यवसायसँगै सामािजक काममा पनि उत्तिकै सक्रिय हुँदै आएका छन् । रिजाल जिवन विज्ञान केन्द्र इटहरीको पुर्व अध्यक्ष हुन । रिजालले विभिन्न संघ संस्थामा रहेर सामाजिक काममा सक्रियता देखाइरहेका छन् । हाल उनी जिवन विज्ञान केन्द्र भवन निमार्ण समिती संयोजक रहेका छन् । त्यती मात्र हैन समाजमा अभिभावकको माया नपाएर निःसहाय बनेका बालबालीकाहरुको लागी पनी काम गरीरहेका छन । रिजाल निःसहाय बालबालिका सेवा आश्रमका भवन निमार्ण कार्यमा सक्रिय छन ।उनी संयोजक बनेर दिनरात भवन निमार्ण कार्यमा खटिरहेका छन । निःसहाय वालवालीकाको लागी र दिन दुखीका लागी आफु सधै सेवा गर्न तत्पर रहेको बताउछन । कसैको घरमा दुःख बिमार पर्यो भने उनलाई फोन गरिसकेपछि आफैले गाडी चलाएर उद्धारका लागि रिजाल लाई दिनहुँ भागदौडमा देखिने र कम बोल्ने र धेरै काम गर्ने व्यक्तिका रुपमा परिचित रहेका छन् । यसरी स्थानियको आखाँका नानी बन्न सफल रिजाललाई इटहरीका व्यवसायीले पनी उत्तिकै रुचाएका छन । आगामी असार १४ गते उद्योग वाणिज्य सङ्घ इटहरीको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । यो चुनावमा व्यवसायीको समस्यालाई अवसरमा बदल्न सक्ने नेतृत्व छान्नु आवश्यक छ । त्यसैकारण कडा मिहिनेतबाट इटहरीको व्यावसायिक क्षेत्रमा स्थापित भीमबहादुर पौडेलको नेतृत्वमा विष्णु रिजालले पनी सदस्य पदमा उमेदवार बन्ने भएका छन । इटहरीको व्यवसायलाई समुन्नत बनाउन उद्योग वाणिज्य सङ्घ इटहरीको कार्य समितीमा रिजालको आवश्यक्ता रहेको इटहरीका व्यवसायीहरु बताउछन । गर्न चाहँदा र खोज्दा जे पनि सम्भव छ त्यसका लागी सबैको भावना मिल्नुपर्छ र एक साथ जुट्नु पर्ने रिजाल बताउछन । व्यसायिक एकतामा सबैभन्दा ठूलो बल हुन्छ भन्ने रिजालकोे मान्यता रहेको छ । सबै व्यवसायीहरुलाई एकतामा उनेर सबैको हकहित र विकासमा केन्द्रित हुने बाचा रिजालले गरेका छन ।
मतदाताहरुले दिने मतलाई व्यापार, व्यवसायको प्रर्वद्धन गर्न, विकास गर्नमा सही सदुपयोग गर्ने रिजालको प्रतिवद्धता रहेको छ । व्यवसायीलाई पर्ने सबैखाले समस्यालाई नजिकबाट नियाल्दै आएका रिजाल सबै व्यवसायीहरुको हितमा काम गरेको अनुभव र व्यवसायीहरुको समस्यामा लडिरहेका का

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved