: भीम पौडेलइमान्दारी, संघर्ष, लगनशीलता र मेहनत चाहिने उनको अनुभव छ । सानालाई मायाँ र ठूलालाई सम्मान गर्ने

  • प्रकाशित मितिः असार ६, २०७६
  • 2395 पटक पढिएको
  • समय अनलाइन

जिवन फुयाल इटहरी इटहरी उद्योग वाणिज्य संघ इटहरीको चुनाव आउन लाग्दा इटहरीमा उद्योग वाणिज्य संघको चुनावी गर्मी पनि सुरु भएको छ । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा आ–आफ्ना लबीका उम्मेदवारहरुको चर्चा–परिचर्चा हुन थालेको छ । उम्मेदवारका आकांक्षीहरुले भित्रभित्रै जोड–घटाउ र लविङ सुरु गरेका छन् ।२०२५ आश्विन १९ गते धनकुटाको विकट गाउँमा जन्मिएका उनी व्यवसाय गर्नकै लागि बैँकसँँग क्रण काढे ।
धनकुटाबाट ट्रकको डालामा चढेर बिराटनगर आउने र फर्कदा नूनको भारी बोकेर मुलघाट, भेडेटारमा नून बेच्दै जाने ती व्यक्ति आज सफल व्यवसायी बनेका छन् । उनी हुन् – भीम पौडेल । आँफूले जागिर खाएको ५ हजार र ५ हजार रुपैँया क्रण काढेर जम्मा दश हजार रुपैँयाबाट व्यवसाय सुरु गरेका पौडेल आज प्रदेश १ कै सफल व्यवसायी हुन् । उनी भन्छन्, ‘बैँकसँग केही क्रण काढेर र जागिरबाट आएको ५ हजार रुपैँया जम्मा पारेको पैसाले व्यवसाय सुरु गरेको हुँ ।’ उनले आँफू बसन्तपूरबाट ट्रकको डालामा चढेर बिहानै बिराटनगर आउने गरेको र साँझ नून बोकेर धनकुटाको भेडेटार, मुलघाट, हिले जस्ता ठाउँहरुमा नून बेचेको संघर्ष भावुक हुँदै सुनाए । उनको सफलताको कथा सुनिरहँदा उनका आँखाबाट खुशीका आँशुहरु बगेको प्रष्ट देखिन्थ्यो । ‘व्यवसाय सुरु गर्दै जाँदा केही समयपछि २०५३ सालमा इटहरी आएँ,’ उनले भने, ‘विहानै ४ बजे उठेर काम सुरु गर्थेँ र बेलुका ८ बजेसम्म व्यवसायमै व्यस्त रहन्थेँ ।’ उनले आफ्नो बिगत सम्झदैँ भने, ‘मेहनत गर्दै गएँ, कमाई बढ्दै गयो, पछि एउटा ट्रक किनेँ । एकदिन बिराटनगर गएको थिएँ, हामी भाडामा बस्दै आएका थियौँ, छोराले हाम्रो घर कहाँ छ बाबा भनेर सोध्यो, आफ्नो घर नभएपछि मेरो मन खल्लो भयो, छोरालाई जवाफ फकाउँनै सकिन ।’ उनले २०६० सालमा आँफूले घर बनाउँन तयार हुँदा यस्ले के घर बनाउँछ र भन्ने मान्छेहरु अहिले पनि आफ्नै आँखा अगाडि रहेको सुनाए । उनले आँफूसँग पर्याप्त पुँजी नरहेकाले बैँकसँग क्रणपान गरेर घर बनाएको बताए । तपाईँ आज सफल व्यवसायी हुनुहुन्छ नि ? भन्ने प्रश्नमा व्यवसायी पौडेल भन्छन्, ‘म सफल भन्दा पनि मेहनती, संघर्षशील र इमान्दारी व्यवसायी हुँ ।’ व्यवसायमा सफल हुनका लागि पनि तीनै इमान्दारी, संघर्ष, लगनशीलता र मेहनत चाहिने उनको अनुभव छ । सानालाई मायाँ र ठूलालाई सम्मान गर्ने पौडेल कसैलाई विभेद गर्दैनन् । उनी आफूँ ठूलो मान्छे भएपनि कहिल्यै घमण्ड गरेनन् । उनको अहिले एक दर्जन बढी व्यवसायीक हाउस सञ्चालनमा रहेको छ । ‘मसँग १५ सय भन्दा बढी कर्मचारी छन्,’ उनी भन्छन्, ‘कसैको घर बनाइदिएको छु, कसैलाई ट्याक्टर, ट्रक किनिदिएको छु, मलाई कुनै घमण्ड छैन ।’ उनी कर्मचारीहरुसँगै विहानदेखि बेलुकासम्म आँफै काम गर्छन् । आँफूले व्यवसाय सफल बनाएको उनी खुशी त छन् नै । तर, त्यो भन्दा बढी खुशी रोजगारी नपाएकाहरुलाई रोजगारी दिएकोमा खुशी छन् पौडेल । पूर्वको उदयमान सहरका रुपमा स्थापित हुँदै आएको इटहरीमा रहेर व्यवसाय गर्दै आएका पौडेल सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । उनले इटहरीमा केही महिनाअगाडि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धघाटन गरेको श्री कृष्ण प्रणामी मन्दिरका लागि ५० लाख भन्दा बढीको सामान सहयोग गरेका छन् । त्यस्तै, लेटाङमा विभिन्न सडक, विद्यालय, भवन बनाउँनका लागि सहयोग गर्दै आएका उनले धरानमा पनि सुधारगृहका लागि सहयोग गरेका छन् । पौडेल भन्छन्, ‘जन्मदा पनि नाङ्गै आएको यो शरीरलाई बाँचुञ्जेल खान पुगेपछि के को लोभ गर्नु र ? सकेसम्म सहयोग गर्ने हो । आँफू पनि बाँच्ने अरुलाई पनि बचाउँने हो ।’ इमान्दारी, संघर्ष, लगनशीलता र मेहनत चाहिने उनको अनुभव छ । सानालाई मायाँ र ठूलालाई सम्मान गर्ने 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved