उवासंघ इटहरीको निर्वाचनमा जिताउनआग्रहमुक्तिनाथ दाहाल

  • प्रकाशित मितिः असार ७, २०७६
  • 1514 पटक पढिएको
  • समय अनलाइन

इटहरीमा उद्योग वाणिज्य संघको चुनावी गर्मी पनि सुरु भएको छ । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा आ–आफ्ना लबीका उम्मेदवारहरुको चर्चा–परिचर्चा हुन थालेको छ । उम्मेदवारका आकांक्षीहरुले भित्रभित्रै जोड–घटाउ र लविङ सुरु गरेका छन् ।
इटहरी उद्योग बाणिज्य संघमा भिम पौडेलको प्यानलबाट उद्योग तर्फको सदस्य पदमा उमेद्वारी दिने घोषणा गरेका छन् । उनले आफूले अत्याधिक मतले चुनाव जित्ने पनी दाबी गर्दै आएका छन् । उनका सानो परिचय यस्तो रहेको छ ः इटहरीमा योग वाणिज्य संघ इटहरीको असार १४ गते हुने चुनावमा व्यवसायीहरु प्रतिपस्र्धामा छन् । दुई समुहले चुनावी प्रतिस्पर्धा गरिरहेको छ । चुनावी प्रतिस्पर्धामा होमिएका व्यवसायीका साझा उम्मेद्वार मध्ये सबै भन्दा कान्छा उम्मेद्वार हुन, मुक्तिनाथ दहाल । इटहरी निवासी मुक्तिनाथ दहाल, अहिले चुनावी प्रतिस्पर्धामा होमिएका दुवै समुहका उम्मेद्वार मध्ये सबैभन्दा कम उमेरका उम्मेद्वार हुन । ३१ बर्षका यी युवा भिम पौडेलको साझा टिमको उद्योग तर्फबाट चुनावी प्रतिस्पर्धामा भिड्दै छन् ।सुनसरीको भरौल स्थायी घरका यी युवा उम्मेद्वार छोटो समयमा नै आफुलाई व्यवसायी माझ परिचित गराउन सफल भएका छन् । २०६० सालको एस.एल.सी परिक्षा पछि उच्च शिक्षा लिन उनी इटहरीको जनता बहुमुखी क्याम्पस आएका हुन । उनले इटहरीमा रहेर पढाईसँव्यवसायसँगै उनी सामाजिक क्रियाकलापमा पनि सक्रिय छन् । इटहरी जेसिजको बर्ष २०१८को उपाध्यक्ष भएर काम गरिसकेका छन् । जेसिजले इटहरीमा लाईब्रेरी बनाउने अभियान थालेको छ, भवन निर्माणको संयोजक भएर मुक्तिनाथले काम गरिरहेका छन् ।
इटहरी उद्योग वाणिज्य संघमा पनि विस्तारै युवाहरु पनि प्रवेश गर्नुपर्छ भन्ने सोचले आफुले उम्मेद्वारी दिएको मुक्तिनाथ बताउँछन् । केही गरौँ भन्ने जोस रहेको र त्यसमा अनुभवले पोख्त नेतृत्व भयो भने राम्रो काम गर्न सकिन्छ भन्छन् उनी । युवाहरुलाई पनि प्राथमिकता दिनुपर्ने उनको धारणा छ ।गै काम पनि गर्दै आएका थिए ।म्यानेजमेन्टका विद्यार्थी मुक्तिनाथले इटहरीका विभिन्न हार्डवेयरहरुमा एकाउन्टेनको काम गरेका छन् । अडिट र करसँग सम्बन्धित काम पनि उनले गरेका छन् । इटहरीकै कस्तुरी कलेजबाट एम.वि.एसको पढाई पुरा गरेका छन् । विभिन्न ठाउँमा काम गर्दै आएका उनले आफैले  कोहिनुर प्लाई एबम कोहिनुर सोलुसन सञ्चालन गरी यो स्थान सम्म आईपुगेका हुन । उनी हार्डवेयर व्यवसायी संघका कोषाध्यक्ष समेत रहेका छन् । व्यवसाय थालेको छोटो समयमा नै उनले आफुलाई युवा व्यवसायीको रुपमा परिचित गराउन सफल भएका छन् । आफ्नै मेहनत र कडा परिश्रमले नै यहाँ सम्म आउन सफल भएको मुक्तिनाथ बताउँछन् ।चुनावी प्रतिस्पर्धामा उत्रिदै गर्दा उनी सबैको नजरमा पर्न चाहि सफल भएका छन् । दुवै टिम मध्ये युवा र सबै भन्दा कम उमेरका उम्मेद्वारको रुपमा उनी एक मात्र उम्मेद्वार हुन । प्राय उमेरले ४० बर्ष काटेका व्यवसायीहरु चुनावी प्रतिपस्र्धा गरिरहेको अवस्थामा उनको उम्मेद्वारी आम युवाहरुको प्रतिनिधित्व पनि देखिन्छ । सामान्यता यस्ता फोरमहरुमा युवाहरुको प्रतिनिधित्व कमै देखिन्छ ।अघिल्लो बर्षको चुनावी प्रतिस्पर्धामा युवा र कम उमेरका उम्मेद्वारको रुपमा सुदिप घिमिरे रहेका थिए । त्यसबेला उनले धेरै मत ल्याएर विजयी पनि भए । यस पटक सुदिप भन्दा पनि कम उमेरका मुक्तिनाथ दाहाल प्रतिस्पर्धामा उत्रिएका छन् । विस्तारै विस्तारै उद्योग वाणिज्य संघमा युवाहरु पनि युवाहरुले पनि काम गर्न सक्छन् भनेर देखाउन यस्ता फोरमहरुमा उनीहरुको प्रतिनिधित्व गराउन आवश्यक देखिन्छ । अनुभवले पोख्त नेतृत्वसँगै केही गरौँ भन्ने चाहना राख्ने युवा जोसलाई पनि सँगै लगियो त्यसले नयाँ उचाई लिन सक्छ । यसको एक उदाहरण हामीसँगै छ ।प्रवेश गर्ने क्रम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved