फोरम सरकारमा, राजपा अलमलमा

  • प्रकाशित मितिः जेठ १८, २०७५
  • 1055 पटक पढिएको
  • Prakash

फोरम सरकारमा, राजपा अलमलमा

काठमाडौं । मधेस केन्द्रित दल संघीय समाजवदी फोरम नेपाल सरकारमा सहभागी हुँदा अर्काे मधेसी दल राष्ट्रिय जनता पार्टी भने अलमलमा छ । केही दिनअघि सरकारसँग संविधान संशोधनलगायत विषयमा दुई बुँदे सहमति भएपछि फोरम सरकारमा सहभागी भएको हो । 

 

राष्ट्रिय जनता पार्टी नेपालले आफूहरु तत्काल सरकारमा सहभागी नहुने बताएको छ । एक नेताका अनुसार राजपाले पर्ख र हेरको नीति अवलम्बन गरेको छ । सरकारले नराम्रो काम गरे विश्वासको मत फिर्ता लिने चेतावनीसमेत राजपाले दिएको छ ।

 

“संविधान संशोधन हुनुपर्ने, कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद रेशम चौधरीको शपथ ग्रहण हुनुपर्ने, मधेस आन्दोलनमा मारिएकालाई सहिद घोषणा गर्नुपर्नेलगायत माग राजपाले सरकारसँग राखेको छ । राजपाले आफूहरुको माग पूरा गरेमा सरकारमा सहभागी हुने बताउँदै आएको छ । 

राजपाका महासचिव मनिष सुमनले पछिल्लो समय सरकार र आफूहरुबीच दूरी बढ्दै गएको बताउँदै सरकारमा सहभागी हुने कुनै टुंगो नभएको बताए । “प्रधामन्त्री केपी शर्मा ओलीजीले एक पटक हाम्रा नेता महन्थ ठाकुरलाई बालुवाटार बोलाएर सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो, त्यसपछि हामी र सरकारबीच कुनै औपचारिक वार्ता भएको छैन । अनौपचारिक वार्ता भने सरकारमा सहभागी मन्त्री तथा नेताहरुसँग भएका छन्,” सुमनले भने । उनले आफूहरु अहिले सरकारमा सहभागी भन्दा पनि आफ्ना माग पूरा गर्न लागेको स्पष्ट पारे । 

 

राजपाका अर्का नेता अनिल झाले संविधान संशोधनको आशमा आफूहरुले सरकारलाई विश्वासको मत दिएको बताए । “संविधान संशोधनको आशमा हामीले प्रधानमन्त्री ओली र राष्ट्रपतिलाई विश्वासको मत दियौं, सरकारले हाम्रो माग पूरा गर्छ भने हामी सरकार बाहिर रहेर पनि सहयोग गर्न तयार छौंं,” उनले भने । 

 

तत्काल भने राजपाले सरकारलाई दिएको विश्वासको मत फिर्ता नलिने उनले बताए । “सरकारले गर्ने कामकारबाहीले विश्वासको मत फिर्ता लिने कि नलिने भन्ने निर्धारण हुन्छ, सरकारले राम्रो काम गर्छ भने हामी विश्वासको मत फिर्ता लिँदैनौं,“ झाले भने ।

 

फोरमसँगको सम्बन्ध के हुन्छ ?

 

प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम र राजपाको संयुक्त सरकार छ । फोरम केन्द्र सरकारमा सहभागी भए पनि ऊसँगको सम्बन्धलाई निरन्तरता दिइने राजपाले बताएको छ । 
राजपा नेता महेन्द्रराय यादवले आफूहरुको प्रदेश सरकार पाँच वर्ष टिक्ने दाबी गरे ।

 

“प्रदेश नम्बर २ मा हाम्रो र फोरमबीचको सरकार छ । हाम्रो सरकार पाँच वर्षसम्म टिक्छ, बाहिर हल्ला भएको जस्तो होइन । वाम गठबन्धनको पनि हामीलाई सहयोग छ । वाम गठबन्धनले प्रदेशमा हामीलाई सहयोग गर्यो, हामीले केन्द्र सरकारमा गर्यौं,” यादवले भने ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved