वस्तुगत तर्फका उमेद्वार रेग्मी र भण्डारी

  • प्रकाशित मितिः असार १२, २०७६
  • 1503 पटक पढिएको
  • समय अनलाइन

आउन लाग्दा इटहरीमा उद्योग वाणिज्य संघको चुनावी गर्मी भएको छ । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा आ–आफ्ना लबीका उम्मेदवारहरुको चर्चा–परिचर्चा हुन थालेको छ । उम्मेदवारका आकांक्षीहरुले भित्रभित्रै जोड–घटाउ र लविङ सुरु गरेका छन् ।
इटहरी सदस्य पदमा उमेद्वारीउद्योग वाणिज्य संघ इटहरीको आगामी असार १४ गते हुने निर्वाचनमा वस्तुगततर्फ इटहरीका चर्चित व्यापारी महेन्द्र रेग्मी र बलराम भण्डारी चुनावी मैदानमा होमिएका छन् । पाथिभरा अटोसिटी मार्फत विगत लामो समयदेखि व्यवसायीमा संलग्न रहेका रेग्मी रोटरी क्लब, नेपाल रेडक्रस सोसाइटी, विनोद स्मृति प्रतिष्ठान, मदन भण्डारी स्मृति प्रतिष्ठान जस्ता सामाजिक संघसंस्थमा आबद्ध हुँदै सक्रिय रहेका छन् । अटो डिलर एसोशियसन इटहरी, नेपाल स्पोट्र्स अटो मोबाइल एसोशिएसन प्रदेश नम्बर १ को सहसचिव समेत रहेका रेग्मी व्यवसायसँग समाजसेवामा समेत सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । आगामी निर्वाचनका बलियो प्रतिष्पर्धीका रुपमा रहेका रेग्मी व्यवसायीहरुमाझ लोकप्रिय समेत छन् । जसकारण व्यवसायीहरुले निर्वाचनमा मत दिई उनलाई विजयी बनाउने कुरामा उनी विश्वस्त छन् । यस्तै वस्तुगततर्फकै अर्का उमेद्वार हुन् बलराम भण्डारी । कुनाल स्टोरका सञ्चालक रहेका भण्डारी व्यवसायीसँगै विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय रहेका छन् । क्यान सुनसरीको अध्यक्ष भण्डारी रोटरी क्लब, इटहरी जेसिजको सदस्यको समेत भूमिका निर्वाह गरिसकेका छन् । मेघा बचत तथा ऋण सहकारी संस्था लगायत विभिन्न संघसंस्थामा आबद्ध रही व्यवसायसँगसँगै सामाजिक भूमिकामा समेत भण्डारी अग्रसर रहेका छन् । आइटी सम्बन्धी विशेष ज्ञान तथा दक्षता हासिल गरेका बलराम भण्डारीले यसअघि सन् २०१८ मा आयोजित क्यान इन्फोटेक मेलाको मुख्य निर्देशकको जिम्मेवारीसँगै मेला सफल बनाउन अग्रणी भूमिका खेलेको सूचना प्रविधि क्षेत्रका व्यवसायीहरुको भनाई छ । व्यवसायीहरु भन्छन्, ‘उनले गरेका कामका आधारमा निर्वाचनमा भण्डारीले बहुमत ल्याउने कुरामा हामी ढुक्क छौं ।’ आगामी निर्वाचनमा भीमबहादुर पौडेलको साझा समूहबाट वस्तुगत तर्फका यी दुई उमेद्वारहरु निर्वाचनमा बलियो प्रतिष्पर्धी रहँदै विजयी समेत हुने इटहरीका व्यवसायीहरुको आँकलन छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved