व्यसायीसँगै सामाजिक व्यक्तित्व अनिल सुब्बा

  • प्रकाशित मितिः असार १३, २०७६
  • 1372 पटक पढिएको
  • समय अनलाइन

व्यवसाय भन्दा बढी सामाजिक व्यक्तित्वका रुपमा परिचित हुन् किड्स हाउस सपिङ सेन्टरका सञ्चालक अनिल सुब्बा (काका) । व्यवसाय त जीवन धान्ने पाटो हो तर सामाजिक सेवा भावले मानिसलाई लोकप्रिय बनाउने र त्यसैले आत्मसन्तुष्टि दिलाउने उनको अनुभव छ । व्यवसाय र समाजसेवालाई सँगसँगै लैजान सफल सुब्बा रेडिमेड व्यवसायी संघको कोषाध्यक्ष, म्याङ्ग्बो कल्याणकारी संघका केन्द्रीय सदस्य, नेपाल रेयुकाईका पूर्वाञ्चल सल्लाहकार समेत रहेका सुब्बा व्यापारीहरुमाझ काका उपनामले चिनिन्छन् । इटहरीमा विगत लामो समयदेखि व्यसाय गर्दै आएका सुब्बा विशेषतः आफ्नो सामाजिक पहिचानकै कारण लोकप्रिय बन्न सफल भए । उनलाई नजिकबाट चिन्नेहरुले समेत उनलाई व्यवसायिक भन्दा पनि सामाजिक व्यक्तित्वका रुपमा नै प्रस्तुत गर्छन् । उद्योग वाणिज्य संघको आगामी असार १४ गते हुन लागेको निर्वाचनमा भीम पौडेलको साझा समूहको वाणिज्य तर्फको सदस्य पदका उमेद्वार सुब्बा यिनै सामाजिक सेवा भावका कारणले गर्दा आफूले चुनाव जित्ने दावी गर्छन् । उनी भन्छन्, ‘व्यवसायी साथीभाइहरुलाई आफूले गर्नसक्ने सम्मको सबै सहयोग गरेको छु, उहाँहरुको समस्यालाई आफ्नै समस्या ठानेर समाधानका लागि हरसम्भव प्रयत्न गरेको छु त्यसैले सबै व्यवसायी साथीहरुले मलाई सहयोग गर्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु ।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved